२०८२ माघ ३ गते शनिवार

अविरल बर्षाका कारण सल्यानमा एक घर भत्कियो


सल्यान, साउन २९ । अविरल वर्षाले सल्यानको बागचौर नगरपालिकामा एक घर भत्किएको छ ।

बागचौर नगरपालिका ९ पातिहाल्ना बजारमा स्थानीय फौद बहादुर खत्रीको घर भत्किएको हो । बर्षाका कारण आइतबार बिहान ११ बजेतिर एक तलाको टिनले छाएको घर भत्किएको वडा न ९ का वडा सदस्य कमल डाँगीले जानकारी दिए ।

उनका अनुसार घर पूर्ण रुपमा क्षति भएको छ । उक्त घरमा तरकारी व्यापारी नविन केसीले आलु भण्डारण दर्दै आएका थिए । भण्डारण गरेको आलुमा सामान्य क्षति पुगेको छ ।

घर नै भत्किए पछि व्यापारीले आलु अर्को घरमा सारेका छन् ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *