२०८१ बैशाख ११ गते मङ्गलवार

आठौँ राष्ट्रिय खेलकुद, नेपाल पुलिस कराँते च्याम्पियन


लक्ष्मण बस्नेत
बेलझुण्डी (दाङ) बैशाख १० ।
नेपाल पुलिस आठौँ राष्ट्रिय खेलकुद कराँते प्रतियोगिताको च्याम्पियन बनेको छ । दाङ तुलसीपुरस्थित कभर्ड हलमा सञ्चालित प्रतियोगितामा नेपाल प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पियन बनेको हो ।

त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नेपाल आर्मीले टिम उपविजेतामा चित्त बुझाउँदा ३ नम्बर प्रदेश २ स्वर्ण १ रजत र १ कास्य पदकका साथ तृतीय स्थान हासिल गरेको छ ।

बैशाख ६ गतेबाट सुरु भएको प्रतियोगिताको महिला÷पुरुष कुमुते तथा कातामा गरी जम्मा ६८ पदकको टुङ्गो लागेको छ । बैशाख ५ बाट सञ्चालन भएको प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ, सात प्रदेश र एनआरएनको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *