
दाङ,साउन २७ । नेपालगन्ज स्थित समाज बिकास तथा प्रवर्द्धन केन्द्र,तेजनगरमा रहेका बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरिएको छ ।
लियो क्लब अफ नेपालगन्ज इनोभेटिभको आयोजना तथा लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभ र लियो क्लब अफ सिद्दिविनायकको सहयोगमा शनिबार एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु वितरण गरिएको हो ।
लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष लियो धर्मराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लियो जिल्ला परिषद् ३२५ एन का अध्यक्ष लियो बिबेक श्रेष्ठले लियो क्लबले सुरुवात देखि नै उत्कृष्ट कार्यहरु संचालन गर्दै आएको भन्दै आगामी दिनमा पनि क्लबका गतिविधिहरु तुरुस्त दुरुस्त बनाउन आग्रह गरे ।
कार्यक्रममा लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिका अध्यक्ष लायन सुशिला चन्द,लियो जिल्ला परिषद् ३२५ एन का कोषाध्यक्ष एब लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका पुर्ब अध्यक्ष लियो प्रकाश कुँवर,लियो जिल्ला परिषद् ३२५ एनका सचिव लियो सिद्धार्थ कायस्थ,लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका पुर्ब अध्यक्ष लियो वसन्त बस्नेत लगाएतले बिगत देखि नै विभिन्न समयमा समाज बिकास तथा प्रवर्द्धन केन्द्रलाई सहयोग गर्दै आएको र आगामीमा पनि आबस्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यस अबसरमा समाज बिकास तथा प्रवर्द्धन केन्द्रका सन्चालक मीन बहादुर अर्यालले सस्थाको बारेमा जानकारी गराएका थिए
लियो क्लब अफ नेपालगन्ज इनोभेटिभको प्रथम उपाध्यक्ष लियो हिरामनी दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्लबका पुर्ब सचिब लियो बिबेक बस्यालले गरेका थिए ।