२०८२ माघ ३ गते शनिवार

डेंगु रोगको रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रम

तुलसीपुर,साउन २७ ।नेपालमा डेंगु रोगको प्रकोप बढदै गएको अवस्थामा तुलसीपुर -१८ बिजौरीमा डेंगु रोगबारे अन्तरक्रिया कार्यक्रम भएको छ ।


नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखा दाङकोको आयोजनामा शनिबार डेंगु रोकथाम तथा नियन्त्रण बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो ।

त्यस कार्यक्रममा तुलसीपुर जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक तुलसीपुर नगरपालिकाका फोकल पर्सन तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका उप-महामन्त्री बिमल केसीले डेंगु रोग,रोकथामका उपाय, डेंगु रोगको उत्पत्ति,सन्क्रमितहरुको तथ्यांक, सुधारका पक्ष,डेंगु रोग नियन्त्रणका लागी टोल,समुदायहरुमा अपनाउनुपर्ने सजकता लगाएत डेंगी रोग लाग्न नदिनका अपनाउने उपाए लगाएतका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि हरिहर पौडेलले आपतबिपद ,महामारी ,प्राकृतिक प्रकोपहरुको समस्याहरुमा सदैब सेवामा खट्नुपर्ने र समस्या परेको समयमा समन्वय गरि कार्य सन्चालन गर्न शाखालाई आग्रह गरे ।

कार्यक्रममा रेडक्रस सोसाइटी उपशाखा बिजौरीका सल्लाहकार श्याम कुमा रेग्मी, बिनय कुमार पोख्रेल,बिजौरी उधोग बाणिज्य सघका उधोग उपाध्यक्ष चित्र बहादुर खडका,मस्त बहादुर थापाले रेडक्रसले डेङ्गु रोगबाट बच्न सबै समुदायमा सरसफाइ कार्यक्रमहरु सन्चालन गर्नुपर्ने बताए ।

रेडक्रस बिजौरी उपशाखाले बिगत देखिनै रचनात्मक,सन्देशमूलक र जनचेतनामूलक कार्यक्रम गर्दै आएको चर्चा गर्दै उनीहरुले यस्ता खालका कार्यक्रमलाई आगामी दिनहरुमा निरंतरता दिनु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा जनस्वास्थ्य निरिक्षक डिल्ली केसी, तुलसीपुर १९ का वडा अध्यक्ष प्रेमनाथ योगी, जनता मा.बि का शिक्षक शंकर शर्मा आशिष लगाएतले आफ्नो टोल-टोलमा डेङ्गु रोग सम्बन्धी जानकारी गराई यस रोगबाट बच्न सजकता अपनाउनुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सभापति बालकृष्ण रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार कपिल लामिछानेको डेंगी रोग सम्बन्धी गजल प्रस्तुत गरेका थिए

कारनेपाल रेडक्रस सोसाइटी उपशाखा बिजौरीका उपसभापति ज्वाला पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब मुकेश वलिले गरेका थिए ।

त्यसैबिच कार्यक्रम पश्चात् जनस्वास्थ्य निरिक्षक प्रमुख अतिथि बिशिष्ठ अतिथिहरुको टाेलिले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको अनुगमन समेत गरेको छ ।

उक्त अनुगमनमा अस्पतालको परिसर भित्र रहेका बिभिन्न ठाउँहरुमा पानी जमेको र त्यहाँ लामखुट्टेले फुल पारेको भेटिएकोले ति लार्भाहरु नष्ट गरिएको थियो । त्यस अबसरमा बाल्टिन,ड्रमहरु लगाएतका सामानहरुमा लामो समयसम्म पानी नराख्न निर्देशन दिइएको थियोे ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *