२०८१ बैशाख ८ गते शनिवार

आर्मी महिला फुटबलको फाइनलमा


लिलाधर वली
दाङ, बैशाख १० ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लवको महिला फुटबल टिम प्रवेश गरेको छ । दाङको बेलझुण्डी रंगशालामा मंगलबार भएको खेलमा प्रदेश नम्बर ३ को महिला फुटबल टिमलाई शुन्यका विरुद्ध ६ गोलले पराजित गर्दै त्रिभुवन आर्मीको विभागीय महिला फुटबल टिम फाइनलमा पुगेको हो ।

प्रदेश नम्बर ३ को महिला फुटवल टिमसँग भएको खेलको १०औँ मिनेटमा आर्मीकी जर्सी नं. १५ की खेलाडी बिमला चौधरीले पहिलो गोल गरेकी थिइन् । बिमलाको गोलसँगै अग्रता बढाएको आर्मीको महिला टिमकी जर्सी नं. ९ की खेलाडी शर्मिला थापाले पहिलो हाफको २७औँ मिनेटमा दोस्रो र ४०औँ मिनेटमा तेस्रो गोल गरेकी हुन् ।

पहिलो हाफको खेलमा ३–० को अग्रता लिएको आर्मीले दोस्रो हाफको खेलमा पनि ३ गोल गर्न सफल भयो । दोस्रो हाफको खेल सुरु भएको १५औँ र २२ औँ मिनेटमा आर्मीका खेलाडी जर्सी नं. १० की कृष्णा खत्रीले एक्लै २ गोल गरिन् । त्यसमा जर्सी नं. २३ की इन्दिरा राईले ३५औँ मिनेटमा थप १ गोल थप्दै छैठौँ गोल पु¥याएकी थिइन् । उक्त खेलमा प्रदेश नं. ३ को महिला फुटबलप्रति हावी देखिएको विभागीय आर्मीका खेलाडी शर्मिला थापा र बिमला खत्रीले समान २ र २ गोल गरेका हुन् ।

प्रकाशित मिति : २०७६ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *