२०८२ माघ ३ गते शनिवार

असाह्री पशुचौपाय ब्यबस्थापनबारे छ्लफल

तुलसीपुर,साउन २७ । पशु चौपाया ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार तुलसीपुरमा सम्पन्न भएको छ ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका र दङीशरण गाउँपालिका, असाह्य गाई बाच्छाबाच्छी संरक्षणका अभियान्ता, गौशाला संन्चालक,अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख टिकाराम खडकाले गौशालाको ब्यबस्थापनको लागि आर्थिक बर्ष २०८०/८१ मा २४ लाख बिनियोजन गरिएको बताए ।

पुर्ब नगर प्रमुख घनश्याम पाण्डेले गौशालालाई दिगो ब्यबस्थापन र त्यसबाट मुलक बस्तु उद्पादनको उपयोग र बिक्रीका लागि योजना बनाउन प्रस्ताव गरे ।

शान्ति समाजका केन्द्रिय पुर्ब सभापति एवम गाई बाछाबाछी संरक्षण अभियान्ता उत्तम पुडासैनीले काठमाडौमा सन्चालन गरिरहदा आईपरेका अवसर,चुनौती र संभावनाका जानकारी गराए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति रामकृष्ण बराल, पुर्ब सभापति डा. गंगाधर अधिकारी लगायतले पशु चौपायाको ब्यबस्थित रुपमा संरक्षण गर्नुपर्ने बताए ।

कार्यक्रममा तुलसी गौशाला सन्चालक वीरबहादुर भण्डारी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, तुलसी चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीले साझेदारी र समन्वयमा यस्ता अभियान सन्चालन गर्नुपर्नेमा जोड दिए ।

शाखाका कार्यबाहक सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा बिषय प्रबेश केन्द्रिय सचिव निर्मल नेपालीले र सन्चालन शान्ति समाजका निवर्तमान केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *