२०८२ माघ १० गते शनिवार

लोकतन्त्र विना मानव अधिकारको प्रत्याभूति हुन सक्दैन ः प्रचण्ड बिक्रम न्यौपाने

तुलसीपुर,साउन २७ । मानव अधिकार तथा शान्ति समाज दाङको २६ औं साधारण सभा शनिवार तुलसीपुमा सम्पन्न भएको छ ।

मानव अधिकार तथा शान्ति समाज दाङका कार्यबहाक अध्यक्ष कोमल डिसीको अध्यक्षता तथा लुम्विनी प्रदेश सभाका सदस्य प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने सहभागीहरुले पछिल्लो समयमा देशमा जताततै वेथिति मैलाउदा दण्डहिन्तको अन्त्य हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन ।


कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्रदेश सभा सदस्य प्रचण्ड विक्रम न्यौपानेले मानव अधिकार लोकतन्त्र विना मानव अधिकारको प्रत्याभूति हुन नसक्ने बताए ।

उनले मानव अधिकार बोल्न नसक्ने र बोल्न सक्ने सवैलाई आवश्यक भएको बताए । त्यस्तै उनले राजनिति दलहरु प्रति जनताको वितृष्णा पलाएको भन्दै राजनीति दलहरू सुधिर्नु पर्ने बताए ।

‘अव यो भएन,त्यो भएन भनेर शान्ति समाजले मात्र खवरदारी गर्ने होइन हामी सवैले आफ्नो दायित्व पुरा गर्नु पर्छ –उनले भने,‘अव नेताहरु पनि जनताप्रति उदरदायी हुनुपर्छ,नागरिका सवै कुराहरु पुरा गर्न नसकेपनि आधारभुत आवश्यकता पुरा गर्न तर्फ लाग्नु पर्छ ।’ उनले लोकतन्त्रको विकल्प नभएको भन्दै लोकतन्त्रमा मात्र मानवअधिकार संरक्षण हुने बताए ।


कार्यक्रमममा नेपाली काँग्रेस दाङका जिल्ला सचिब बालिका लम्साल, समाजका पूर्व वरिष्ठ केन्द्रीय उपसभापति सुशील बस्नेत , बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, केन्द्रीय अध्यक्ष रामकृष्ण बराल, महिला नेतृ सुष्मा गिरी, तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारी, तुलसीपुर नगरजेसीजका अध्यक्ष शालिकराम वली,एन व्यावसनका केन्द्रिय सदस्य प्रकाश शर्मा ,तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रुपबहादुर खत्री ,नेपाल नेत्रज्योति संघ दाङका सहसचिव चिरञ्जीवि रिजालले मानवअधिकार तथा शान्ति समाजका संस्था अध्यक्ष डिल्लीराज धिताल ,शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति मोहन प्रसाद धिताल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


समाजका सदस्य निर्मला गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष यज्ञबहादृुर विक र प्रगति प्रतिवेदन कोषाध्यक्ष अमृतप्रसाद शर्माले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *