२०८३ जेष्ठ १५ गते शुक्रवार

बिजौरी उद्योग वाणिज्य सघंको प्रेस सल्लाहाकारमा भुसाल

तुलसीपुर,साउन २७ । बिजौरी उद्योग वाणिज्य संघको प्रेस सल्लाहाकारमा यमकला भुसाल चयन भएकी छन । बिजौरी उद्योग वाणिज्य सघंको शनिबार बसेको दोश्रो वैठकले भुसाललाई संघको प्रेस सल्लाहाकारमा चयन गरेको हो ।

भुसाल नेपाल पत्रकार महासघं दाङकी कार्यसमिति सदस्य हुन । उनी विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छिन ।

बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा बसेको बैठकले अधिबक्ता विष्णुमणी धिताललाई कानुनी सल्लाहाकारमा चयन गरेको छ ।


बैठकले बिजौरी उद्योग वाणिज्य सघंमा व्यापारीक विवाद समाधान गर्न व्यवस्थापन उपसमिति गठन गरेको छ । उपसमितिको संयोजकमा लालबहादुर खड्का र सदस्यहरुमा सुरेन्द्र बहादुर बुढा र ज्ञानेन्द्र विष्ट रहेका छन ।

यस समितिले सघंमा व्यवसायीका आर्थिक लेनदेन र विवादका निवेदन परेको अवस्थामा विवादन व्यवस्थापन गरि पिडित र पिडकलाई न्याय सगंत काम गर्ने बैठकले निणर्य गरेको छ ।


त्यस्तै सघंको क्षेत्राधिकार भित्र पर्ने मुख्य बजार क्षेत्रमा प्रत्येक महिनाको अन्तिम शुक्रवार सरसफाई अभियान सञ्चालन गर्ने,बिजौरी क्षेत्रको भोजपुर चोकमा रहेको निलो रङ्को प्रहरी विटलाई मर्मत गरि त्यस स्थानबाट उपयुक्त स्थानमा स्थानतरण गर्ने नियर्ण गरिएको सघंका महासचिव दीपक बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकले वाणिज्य सघंको क्षेत्राधिकार भित्रका क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका उद्योगी व्यवसायीहरुलाई मध्येनजर गर्दै भदौ १६ गते शनिवार देखि छठपर्वसम्म प्रत्येक शनिवार व्यापार व्यवसाय खोल्ने नियर्ण गरेको छ ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *