२०८२ माघ ४ गते आइतवार

प्रेस युनियन बाँकेको १२ औं अधिबेशन आज

बाँके,साउन २७ । नेपाल प्रेस युनियन बाँके शाखाको १२ औं जिल्ला अधिबेशन आज नेपालगन्जमा हुँदैछ ।

नेपालगन्जको जिल्ला समन्वय समितिको हलमा हुने अधिबेशनलाई नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले उद्घाटन गर्ने भएका छन् ।

आजको अधिबेशनलाई बिशेष चासोका साथ हेरिएको छ । अधिबेशनबाट एक जना अध्यक्ष चयन हुने छन् । प्रियास्मृति ढकाल र चेतकान्त भट्टराई बीच अध्यक्षमा प्रतिस्पर्धा हुँदैछ।

अधिबेशनका लागि उपाध्यक्षमा कमल खत्री, सचिवमा भीष्म लोध, कोषाध्यक्षमा खडक खत्रीको नाम चर्चामा छ भने भट्टराई समूह तर्फबाट बर्तमान सचिवमा बिजय मल्ल र कोषाध्यक्षमा मधु पौडेल उम्मेदवार बन्ने चर्चा छ।

त्यस्तै ढकाल समुहबाट सदस्यका उम्मेदवारहरुको अन्तिम नामको टुंगो लागिसकेको सचिव पदका उम्मेदवार लोधले बताए ।

अधिबेशन आज बिहान साढे ११ बजेदेखि सुरु हुँदैछ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *