२०८२ जेष्ठ ३० गते शुक्रवार

पढाईसगैँ अभ्यास व्यापार गर्दै डिभाइन टेम्पलका विद्यार्थी


तुलसीपुर,साउन २६ । शुक्रवार दिउँसो करिब ३ बज्दै थियो । तुलसीपुरको विभिन्न चोकहरुमा कुनैमा लस्सी,कुनैमा शैक्षिक सामाग्री र कुनैमा फलफुल,सलादको व्यापार गरेको देख्न सकिन्थ्यो ।

पानी परिरहेको थियो तर त्यहाँ कसैले हिसाब गरिरहेका थिए भने कसैले ग्राहक बोलाउन व्यस्त थिए । तर उनीहरु कुनै वास्तविक ब्यापारी भने थिएनन् ।

उनीहरु तुलसीपुर–६ स्थित डिभाइन टेम्पल एकाडेमीका व्यवस्थापन सकांयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरु थिए । जो पढाईसँगै ब्यबहारीक शिक्षा दिने गरी प्रयोगात्मक कक्षाको व्यवसाय गरिरहेका थिए ।

२०६५ सालबाट सञ्चालनमा आएको डिभाइन टेम्पल एकाडेमीले सुरुवातीबाट नै आफ्नो विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको विद्यालयका संस्थापक निर्देशक भोजराज न्यौपानेले जानकारी दिए ।

विद्यालयको पढाईले मात्र वास्तविक जिवनमा भोगिने कुराहरूलाई सिकाउदैन,न्यौपानेले भने,त्यसैले प्रयोगात्मक रुपमा यस्ता खालका क्रियाकलपाहरुले आगामी दिनहरुमा विद्यार्थीहरुलाई व्ययापार व्यवसायसगं जोडिन ठुलो मद्धत पुग्ने छ ।’

उनले विद्यार्थीलाई मार्केटिङसगँसगै हिसावमा पनि अब्बल बनाउने मुख्य उद्देश्यले प्रयोगात्मक क्रियाकलापहरुमा सहभागी गराउदै आएको बताए ।

पढाईसगैँ प्रयोगात्मक क्रियाकलापले भविष्यमा व्यवसाय गर्दा धेरै सहज हुने उक्त क्रियाकलापमा सहभागी विद्यार्र्थी संगित लामिछानेले बताए ।

उनले आफुहरुले बनाएको लस्सी,चटपटे ग्राहकहरुले मन पराएको र प्रसंसा गरेको भन्दै खुसी व्यक्त गरे । उक्त क्रियाकलापमा कक्षा १२ का व्यवस्थापन संकायमा अध्ययनरत ६० बढी विद्यार्थीहरू सहभागीता थियो ।

पढाइपछि भविष्यमा सबै विद्यार्थीहरू केही न केही व्यापार व्यवसायमा लाग्ने भएको हुँदा नाफा घाटा कसरी हुन्छ ? लगानी कसरी गर्ने ? कसरी सफलता प्राप्त गर्ने ? भन्ने कुरालाई प्रत्यक्ष रुपमा जानकारी होस भनी यो व्यवसायको प्रयोगात्मक शिक्षा दिइएको विद्यालयका संस्थापक निर्देशक न्यौपानेले बताए ।

प्लस टु सकिएपछि व्यापार गर्न चाहाने विद्यार्थीहरुको गुप्र बनाएर साना खालका उद्योगहरु सञ्चालन गर्ने गरि सिकाईलाई अगाडी बढाएको न्यौपानेको भनाई छ ।

विद्यार्थीहरुकै पसलमा चटपटे खान पुगेकी तुलसीपुरकी डिला भुसालले विद्यार्थीहरुको व्यवसाय गर्ने कला र उनीहरुको काम प्रति निकै उत्साहित भएको बताइन ।

उनले विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारीक शिक्षाको आवश्यकता रहेको भन्दै उनले आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरिन ।

डिभाइन टेम्पलका विद्यार्थीहरुले तुलसीपुरको घोराही चोकमा शैक्षिक व्यापार र चटपटे,बाहिनि चोकमा लस्सी,चटपटे र मदनआश्रित चोकमा फलफुल र सलादको ब्यापार थापेका थिए ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *