तुलसीपुर,साउन २६ । २३ औ अन्तराष्ट्रिय युवा दिवसका अवसर पारेर मेट्रो कलेज तुलसीपुरमा रक्तदान गरिएको छ ।
कलेजका विद्यार्थी रमेश रानाको अध्यक्षता एवम नगर युवा परिषद्का उपाध्यक्ष रवीन्द्र डाँगीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा २३ जनाले रक्तदान गरेका हुन । रक्तदान कार्यक्रम नगर युवा परिषद्, मेट्रो कलेज,नगर युवा सञ्जाल,जिल्ला युवा परिषद,नयाँ पाइला पुर्नस्थापना केन्द्र, ओरेक नेपाललगायतको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रमका बारेमा नेपाल रेडक्रस सोसाइटी दाङका रक्त सञ्चार केन्द्रका इन्चाज दिलिप न्यौपानेले रक्तदानका विषयमा जानकारी दिएका हुन ।
कार्यक्रमको सञ्चालन नगर युवा सञ्जालका संयोजक गणेश भण्डारीले गरेका हुन ।
प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार