२०८२ माघ ८ गते बिहिवार

वडाअध्यक्षलाई विद्यालय ब्यवस्थापनको नेतृत्व दिनेप्रति महासंघको आपत्ति

काठमाडौँ ,साउन २६ । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० मा प्रस्तावित विषयप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले आपत्ति जनाएको छ।

मस्यौदामा समेटिएको वडाअध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने विषयमा महासंघले आपत्ति जनाएको हो।

उनीहरूले मस्यौदामा विभिन्न विषय संशोधन गर्न समेत माग गरेका छन्। महासंघका अध्यक्ष गुणराज मोक्तानले २८ हजार सामुदायिक विद्यालयको नेतृत्व वडाअधक्ष्यहरूको हातमा दिनु नहुने बताए।

महासंघले ५ बुँदे माग अघि सारेको छ। जसमा समुदायको स्वामित्व र अगुवाइमा सञ्चालन हुने विद्यालय सामुदायिक विद्यालय हो संघिय शिक्षा ऐनमा सामुदायिक विद्यालय लेखिनुपर्ने, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक हुनुपर्छ र अभिभावक भेलामार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राखिनुपर्ने माग अघि सारेको छ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *