२०८२ माघ १ गते बिहिवार

बार र बेन्चले प्रबिधिको ज्ञान राख्नै पर्छ ः का.मु.मुख्यन्यायाधीश डा. बागचन

सुशील बस्नेत, तुलसीपुर, साउन २६ । उच्च अदालत तुलसीपुरका का.मु. मुख्य न्यायाधीश डाक्टर रत्न बहादुर बागचनले परपरागत रुपमा गरिने न्याय सम्पादनको प्रक्रियालाई थप आधुनिकरण गर्नुपर्ने बताएका छन ।

उच्च अदालत बार एकाई तुलसीपुरको सातौ साधारणसभा तथा चौथो अधिबेशन उदघाटन समारोहमा बोल्दै बागचनले साईबर अपराधका घटना व्यापक रुपमा न्यायलय आउने गरेको बताए ।

साईबरक्राइम अपराधका बारेमा प्रबिधिको जानकारी बार र बेन्चमा हुनै पर्ने बताए ।

कार्यक्रममा वरिष्ठ अधिबक्ता बिष्णुमणी धितालले कानुन ब्यबसायीले पेशागत रुपमा ईमान्दारीता देखाउनु पर्नेमा जोड दिए । तर केही कानुन ब्यबसायीले आचारसंहितालाई पालाना नगर्दा सेवाग्राहीले हेर्ने दृष्टिकोण कम्जोर हुँदै गएको उनको भनाई छ ।

उच्च अदालत तुलसीपुरका रजिस्ट्रार याम बहादुर बुढा र उच्च सरकारी वकिल कार्यालयका सह न्यायधीबक्ता मोहन सागर बस्यालले दक्ष कानुनी ब्यबसायी उत्पादन हुन सके न्याय सम्पादनमा बिश्वास बढने बताए ।

राम्रो क्षमताको कानुन ब्यबसायी नै उच्च र सर्बोच्च अदालतको न्यायाधीशमा न्युक्ती हुने कानुनी ब्यबस्था रहेको जानकारी उनीहरुले जानकारी दिए ।

सो अवसरमा कानुन ब्यबसायी मोहन प्रसाद धिताल र अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेतले न्यायलय प्रतिको जनबिश्वास बढाउन बार र बेन्चले ईमानदारीता देखाउनु पर्नेमा जोड दिए ।

बार एकाईका अध्यक्ष पुष्कर बहादुर भण्डारीको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन सत्रमा सचिब मधुसूदन गौतमले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष प्रकाश रेग्मीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

उदघाट्न समारोहमा उपाध्यक्ष सुनिल धितालले स्वागत मन्तब्य र सहजीकरण सचिब मधुसूदन गौतमले गरेका थिए ।

अधिबेशनले २ बर्षे कार्यकालका लागि ११ सदस्यीय कार्यसमिति चयन गर्ने निर्वाचन समितिका संयोजक मोहन धितालले जानकारी गराएका थिए ।

उच्च अदालत बार एकाईमा १ महिला सहित ३२ जना कानुनी ब्यबसायी आवद्ध रहेका छ्न ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *