२०८२ माघ ४ गते आइतवार

तुलसीपुरमा मनाइयो सामुदायिक बन दिवस

तुलसीपुर,साउन २६ । ‘उत्पादन,रोजगार,समृद्धीका लागि सामुदायिक बन व्यवस्थापन’भन्ने मुल नारासहित सामुदायिक बन दिवस २०८० मनाइएको छ ।

बिहिवार सामुदायिक बन उपभोक्ता महासघं,नेपाल तुलसीपुरको आयोजना तथा सामुदायिक बन उपभोक्ता महासघं,नेपाल जिल्ला महासघं दाङ,बन्यजन्तु संरक्षण सघं नेपाल,अमृतपुर सामाजिक सहकारी संस्था तुलसीपुरको समन्वय र सहकार्य एवं तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

त्यस अवसरमा बोल्ने बक्ताहरुले बन संरक्षण र सम्बर्धनको क्षेत्रमा स्थानीय तहले आफ्नो आवधिक योजना राखेर प्राथमिकताका साथ सरोकारवाला निकायसगंको सहकार्यमा कार्य गर्नुपर्ने बताएका छन । बन क्षेत्रमा केही कार्यहरुको सुरुवात भएता पनि समन्वयात्मक कार्यलाई एक सयन्त्र बनाई निरन्तर रुपमा कार्य सञ्चालन गर्न आवश्यक रहेको बताए ।

सामुदायिक बन उपभोक्ता महासघं,नेपाल तुलसीपुरका अध्यक्ष खेमलाल महतराको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले सामुदायीक बन समुहले नेपालको बातावरणको क्षेत्रमा ठुलो उपलब्धी हासिल गरेको बताए ।

उनले सामुदायीक बनकै माध्यमबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने काम भएको भएपनि साझेदारीको संस्थालाई अहिलेसम्म पनि अधिकार प्राप्त हुन नसकेको बताए । खड्काले बनको दिगो विकासका लागि नितिगत योजना,आवश्यक ऐन कानुन बनाएर स्थानीय बन समुह,सघंसस्थासगं सहकार्य गर्दै आवश्यकता परिपुर्ती,आयआर्जन,उद्यमशिलतालाई अघि बढाउने बताए ।

कार्यक्रममा सामुदायीक बन महासघंका केन्द्रिय सदस्य छवी खरालले सामुदायीक बन समुदायमा हस्तान्तरण भएपनि जन अपेक्षा अनुसार काम हुन नसकेको बताइन । तर समुदायीक बनको माध्यमबाट धेरै महिलाहरुले अवसर पाएको बताइन । उनले बन क्षेत्रमा काम गरेका महिलाहरुले देश हाकिरहेको भन्दै खुसी व्यक्त गरिन । उनले नेपालमा सामुदायीक बन राजनितिसगं जोडिएकोले यसले असर आम उपभोक्ताहरुमा पर्न गएको भन्दै यसतर्फ राज्य गम्भिर बन्नुपर्ने बताइन ।

कार्यक्रममा सामुदायीक बन महासघं लुम्बिनी प्रदेशका महासचिव सोभाकर सापकोटाले यहाँका सामुदायीक बन समुहलाई स्थानीय सरकारले ३ किसिमले बर्गीकरण गरि मुल्याङ्क कार्यलाई अघि बढाउनुपर्ने बताए । यसो गर्न सकेमा सामुदायीक बन समुहलाई थप सक्रिय बनाउन मद्धत पुग्ने उनले बताए । उनले बन क्षेत्रको संरक्षण र उत्थानका लागि राज्य गम्भिर बन्नुपर्ने बताए ।

यस क्षेत्रको संरक्षण र प्रर्वद्धन गर्न सकेमा यसबाट थुप्रै लाभ लिन सकिने बताए । साथै उनले भौगोलिक हिसावले नेपालको हावा पानी राम्रो भएकाले बैदेशिक बन क्षेत्रको नक्कल नेपालमा उपयुक्त नहुने त्यसो नगर्न बन समुहहरुलाई आग्रह गरे ।

उक्त कार्यक्रममा सामुदायीक बन महासघं दाङका अध्यक्ष हरि भुसाल,तुलसीपुर सव डिभिजन कार्यालयका प्रमुख शिवप्रसाद पुन,नेपाली कांग्रेस तुलसीपुर नगरका सचिव शेशमणी भण्डारी,ग्रिन फाउन्डेशन दाङका सचिव सुरेश रावत,नेकपा एमाले तुलसीपुर नगरका अध्यक्ष माधव वलि,मेट्रो कलेज तुलसीपुरका बन बिज्ञान शिक्षक सचिव सुवेदी लगाएतले बनबाट उत्पादन गरिएका बस्तुहरुलाई सदुपयोग गर्न नसकिरहेको तर्क गरे ।

उनीहरुले प्रत्येक सामुदायीक बन समुहरुले दक्ष बन प्राविधिकहरु राख्न सकेमा यसका गतिविधिहरलाई थप प्रभावकारी बनाउन सकिने बताए । उक्त कार्यक्रमको सहजीकरण सामुदायीक बन महासघं तुलसीपुरका सचिव रक्षा काफ्लेले गरेकी थिइन ।

तुलसीपुर उपमहानगरपालिका भित्र १ सयु ३,दाङमा ६ सय २६ र देशैभरी २२ हजार ७ सय भन्दा बढी समुहले सामुदायीक बन संरक्षण सम्बर्धन गर्दै राष्ट्रिय स्तरमा ३९ प्रतिशतमा झरेको बन क्षेत्रलाई आज ४५ प्रतिशत पु¥याउन सफल भएको छ ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *