२०८२ जेष्ठ ११ गते शुक्रवार

नेकपा बहुमतको नाममा लाखौं चन्दा माग्दै आएको आरोपमा पक्राउ परेका परियार पार्टीबाट निष्कासन

तुलसीपुर, साउन २५ । नेपाल कम्युनिष्ट पार्टी बहुमतको नामबाट बिभिन्न ब्यक्तिहरुसंग लाखौं चन्दा माग्दै आएको आरोपमा पक्राउ परेका धनबहादुर परियारलाई नेकपा एमाले सल्यान जिल्लाले पार्टीबाट निस्कासन गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटी सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले बिहीबार एक प्रेस बिज्ञप्ति जारी गर्दै केही दिन अघि मात्र नेकपा एमाले त्रिबेणी गाउँपालिकाको अधिबेशन आयोजक कमिटी सयोजकको जिम्मेवारी प्राप्त गरेका त्रिबेणी गाउँपालिका – ९ फालाबाङका ३३ बर्षीय धनबहादुर परियारलाई पार्टीको साधारण सदस्य समेत रहने गरि पार्टीबाट निस्कासन गरिएको जानकारी दिए ।

“हालै जिम्मेवारी प्राप्त गरेका परियार जिल्ला बाहिर विभिन्न ब्यक्तिसग चन्दा माग्दै हिडेकाे भनी प्रहरीले नियन्त्रणमा लिई सार्बजनिक गरेको खबर प्राप्त भएकोले नेकपा एमाले सल्यान जिल्ला कमिटीले आजैको मितिबाट निजलाई उक्त जिम्मेवारीबाट हटाइ साधारण सदस्य समेत नरहने गरि कारबाही गरिएको ब्यहोरा जानकारी गराइन्छ,जारी प्रेस बिज्ञप्तिमा भनिएको छ । “

आरोपी परियारले पत्र, फोन र एसएमएस मार्फत बिभिन्न ब्यक्तिहरुसंग लाखौं चन्दा माग्ने तथा त्यो नदिए ज्यान लिने सम्मको धम्किहरु दिदै आएको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरि बिहीबार दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *