२०८२ माघ ४ गते आइतवार

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक प्रक्राउ

बाँके,साउन २५ । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने २३ वर्षीय भीमबहादुर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।


विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *