२०८२ माघ १० गते शनिवार

जस्ले छोरी पढ्ने स्कूलका प्रिन्सिपलसंग १० लाख र छिमेकीसंग १ लाख नदिए ज्यान मार्ने धम्कि दिएका थिए

तुलसीपुर, साउन २५ । नेपाल कम्युनिष्ट पार्टी बहुमतको नामबाट बिभिन्न ब्यक्तिहरुसंग लाखौं चन्दा माग्दै आएको समुह दाङमा पक्राउ परेको छ ।


पत्र, फोन र एसएमएस मार्फत बिभिन्न ब्यक्तिहरुसंग लाखौं चन्दा माग्ने तथा त्यो नदिए ज्यान लिने सम्मको धम्किहरु दिदै आएको आरोपमा दुइ जनालाई पक्राउ पछि प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको त्रिबेणी गाउँपालिका – ९ फालाबाङका ३३ बर्षीय धनराज तुफान भनिने धनबहादुर परियार र सोही जिल्लाको छत्रेश्वरी गाउँपालिका – १ दमाचौरका २९ बर्षीय चन्द्रबहादुर बिक रहेका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले उनीहरु दुइ जनाले दाङको तुलसीपुर उपमहानगरपालिका –६ स्थित हिमाल एकाडेमीका प्रिन्सिपल मधुसुदन केसीसंग दश लाख, तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित बेलझुण्डी माबिकी शिक्षिका जानका बस्नेत संग एक लाख, तुलसीपुर– ७ बुढागाउँ पर्सेनीका पूर्व शिक्षक इन्द्रबहादुर वलीसंग एक लाख र सल्यान कपुरकोटस्थित कालिका माविका शिक्षक बामदेब अधिकारीसंग पाँच लाख चन्दा माग गर्दै नदिए ज्यान लिने, घरमा बम विस्फोट गराउने जस्ता चेतावनीहरु दिदै आएको जानकारी दिए ।
गत चैतदेखि नै उनीहरुले यसै गरि बिभिन्न ब्यक्तिहरुलाइ धम्किदिदै आएको डिएसी मल्लले बताए ।

पक्राउ परेका मध्य धनबहादुर शिक्षिका जानका बस्नेतको छिमेकी हुन । असार २७ गते बिद्यालयकै एक बिद्यार्थी मार्फत पत्र पठाइ जानकालाइ लगातार तोकिएको पैंशा नदिए ज्यान लिने धम्कि आउन थालेपछि त्रासका कारण घर छोडेर माइती घरमा बस्न थालेको पत्रकार सम्मेलनमा बताइन ।

आफ्नै छिमेकीले आँफुलाइ ठूलो रकम माग गर्दै ज्यान मार्ने सम्मको धम्कि दिदै याताना दिने गरको कुरा बस्नेतले पक्राउ परेपछि मात्रै थाहाँ पाएको बताइन । श्रीमान बिदेश रहेको र घरमा आमा छोरी मात्रै रहेको हुँदा आँफुहरु बिगत एक महिना जति माइतीमा घरमा शरण लिन पुगेको उनले बताइन ।

हिमाल बोर्डिङमा छोरी पढाउँदै आएका धनबहादुरले सोही विद्यालयका प्रिन्सिपल संग दश लाख मागेर आतंक सृजना गरि रहेको तथ्यपनि मधुसुदनले पक्राउ परेपछि मात्रै बिहीबार थाहाँ पाउँदा आश्चर्यमा परेको प्रतिक्रिया दिए ।


‘ उहाँ हाम्रो अभिभावक हो र उहाँको छोरीले हाम्रोमा प्लस टुमा पढ्दै आउनु भएको छ,’ केसीले भने ‘ आउँदा म संग गफिने हेलो हाइ गरि राम्रो सम्बन्ध राख्ने ब्यक्तिले नै यति दुःख दिएको थाहाँ पाउँदा अचम्म लागेको छ ।’

धनबहादुरको घरबाट प्रहरीले कम्प्युटर, प्रिन्टर मात्रै हैन नेपाल कम्युनिष्ट पार्टी बहुमतको लेटर प्याड, त्यसको प्रिन्ट गरिएको एक सय २१ कपी, उक्त पार्टीको छाप, नौं वटा बैंकका चेकहरु, बिभिन्न ब्यक्तिका नौं वटा फोटोहरु, बिभिन्न ब्यक्तिका ३९ वटा नागरिकताका फोटोकपीहरु बरामद भएको डिएसपी मल्लले जानकारी दिए । बिभिन्न ब्यक्तिहरुलाई पठाएका पत्रहरु समेत धनबहादुरको मोवाइलमामा भेटिएको प्रहरीले बताएको छ ।


पक्राउ परेका मध्य परियार नेपाल पत्रकार महासंघ सल्यान शाखाका साधारण सदस्य पनि हुनु । प्रेस चौतारी नेपालका कर्णाली प्रदेश कमिटी सदस्य र नेकपा एमाले त्रिबेणी गाउँपालिकाको अधिबेशन आयोजक कमिटीका संयोजकपनि हुन । यसअघि परियार पार्टीको पालिका सचिव थिए ।


पक्राउ परेका दुइ जना विरुद्ध अपराधिक लाभ उठाउन खोजेको सम्बन्धि मुद्दा दायर गरि कानुनी कारबाहीको प्रक्रिया थालिने तयारी प्रहरीले गरेको छ । एमाले सल्यान जिल्ला कार्यबहाक अध्यक्ष भिबहादुर सेनले साधारण सदस्य नरहने गरि तत्काल पार्टीबाट निस्कासन गरिने फरककोणलाई बताए ।


‘यस्ता बदमासी गर्नेलाई एक छिनपनि एमालेमा बस्ने अधिकार छैन र आजै सल्यान जिल्ला पार्टीको तर्फबाट बिज्ञप्ति आउँछ साधारण सदस्य नरहने गरि निस्कासन गरिने छ,’ सेनले भने ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *