तुलसीपुर,साउन २४ । तुलसीपुर उपमहानगरपालिका २ चन्द्रज्योति माविमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
विद्यार्थीहरुलाई जेब्राक्रसिङ , ट्राफिक लाइट, आकशे पुल लगाएतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिइएको छ ।
यस्तै सडकमा पैदल यात्रा गर्दा कसरी सडक पार गर्ने भन्ने विषयले धेरै दुर्घटना हुने गरेको विद्यालयका प्रधानध्यापक नरेश केसीले बताए ।
यो विषयमा विद्यार्थीहरुलाइ जानकारी गराँउदा आफु लगाएत घर परिवारमा समेत ट्राफिक नियम सम्बन्धी जानकारी हुने केसीको भनाइ छ ।
प्रहरी चौकी चिराघाटका प्रमुख असइ खड्ग वहादुर डाँगीले समुदाय र प्रहरी विचको सम्बन्ध हाउगुजी नभइ आत्मियताको सम्बन्ध हुनु पर्ने बताए ।
समाजमा प्रहरी भन्ने वितिकै डराउने प्रवृतीले प्रहरी र समुदाय विचको दुरी लामो हुँदै गएको बताए ।
नागरिकहरुले प्रहरीलाइ समाजमा भए गरेका अराजक गतिविधी तथा विकृती विसङतीलाइ गोप्य सुचनाको आधारमा सुचना दिने हो भने समुन्नत समाजको विकास हुने डाँगीको भनाइ छ ।
वागर प्रहरी चौकीमा कार्यरत ट्राफिक हवल्दार डिल्ली आर्चायले विद्यालय शिक्षामा ट्राफिक नियम सम्बन्धी जानकारी गराएका थिए ।
सचेतना कार्यक्रमले आफुहरु खुसी भएको विद्यार्थीहरुको अभिव्यक्ति रहेको थियो ।
विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थीहरु सहभागी भएका थिए