तुलसीपुर, साउन २४। तुलसीपुरका एक जना चर्चित गीत सर्जक मृत अवस्थामा फेला परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१० राइखलियानस्थित आफ्नै घरमा गीतकार यम भण्डारी बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार भण्डारी झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन ।
भण्डारीले लखेका मध्य ‘तिर्खा लाग्दा पिउन पाउँ हिम नदीको चिसो पानी, तिमी रुने एक्लै कोठामा र सुख सबै तिमीलाइ भो , पिउने बानी लाग्यो फेरि’ लगायत गीतहरु चर्चित छन् ।
यी सबै गीतहरु गायक गोबिन्द ‘मधुर’ आचार्यले गायका छन् ।
https://www.youtube.com/watch?v=XPkKeRGiAWQ
प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार