प्रमोद आचार्य,दंगीशरण साउन २३ । दंगीशरण गाउँपालिकामा सञ्चालन भैरहेको डिजिटल वित्तिय साक्षरता तालिमको अनुगमन गरिएको छ ।
तालिमको गाँउपालिकाका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा वलि खड्का सहितको टोलीले अनुगमन गरेको तालिमका प्रशिक्षक सरिता चौधरीले जानकारी दिइन् ।
अनुगमनका क्रममा महिलाले देखाएको सक्रियता र महिलाहरुमा देखिएको साक्षरताको परिवर्तनले आफुलाई समेत उत्साहित बनाएको पालिका अध्यक्ष गिरीले खुसी ब्यक्त गरे ।
आफु हरेक तालिमहरुमा सहभागी भई अनुगमन गरेको बताउँदै उनले यस डिजिटल साक्षरता कक्षा साच्चिकै प्रभावकारी रहेको भन्दै सस्था प्रति धन्यवाद ब्यक्त गरे ।
यस्तै अनुगमनका क्रममा उपाध्यक्ष पिमा वलि खड्काले महिला नेतृत्व र क्षमता विकासकालागी डिजिटल साक्षरता तालिम उपलब्धिमुलक भएको बताइन ।
उनले महिलाको शसक्तीकरण र नेतृत्व विकास सम्बन्धि तालिम दिदै गर्दा डिजिटल साक्षरता तालिम निकै प्रभावकारी देखिएको र पालिकाले सक्दो सहयोग गर्ने आश्वासन समेत दिइन ।
समुन्नति डिजिटल फाइनान्स जर्सी ओभरसिसको आर्थिक सहयोग, प्रयाक्टिकल येक्सन नेपालको संयोजन र डिप्रोक्स नेपालको आयोजनामा सञ्चालन भैरहेको तालिमको डिजिटल प्रविधिको प्रयोगका बारेमा जानकारी गराउने उद्देश्य रहेको छ ।
तालिममा संस्थाले मोबाईल बैंकिङ कारोबारलाई प्रभावकारी बनाउन, सहभागिको मोबाईलमा पैसा राखेर प्रयोगात्मक अभ्यास समेत गराएको छ ।
त्यसैगरी स्थानिय महिलाहरुको कार्य बोज कम गरि नेतृत्व विकास र ब्यबसायमा जोड्दै डिजिटल माध्यमबाट कारोबार गरि आत्मनिर्भर बनाउने तालिमको थप उद्देश्य रहेको प्रशिक्षक चौधरीले जानकारी दिइन् ।
यस्तै तालिमको उदेस्य बिधुतीय माध्यम बाट कारोवार कसरी गर्न ,आर्थिक आय आर्जनमा वृद्धि कसरी गर्ने,आम्दानी कसरी बाध्ने खर्च र आम्दानीको लेखाजोखा कसरी गर्ने भन्ने रहेको परियोजनाका कार्यक्रम सयो अमित दुबाडीले बताए ।
तालिममा दंगीशरणका १२ वटा ठाउँमा साक्षरता कक्षा समुन्नति परीयोजना दंगीशरण र शान्तिनगरकी सामाजिक परिचालक कल्पना खड्काले जानकारी दिइन ।
तालिममा सहभागी महिलाहरुले अहिले स्मार्ट मोबाइल बाटै बिधुतीय कारोवार गर्न र धेरै कुरा मोबाइल एप्स बाटै गर्न सकिने भएको बताएकाछन ।