तुलसीपुर,साउन २३ । राप्ती बहिरा सघं दाङको २४ औँ साधारण सभा भएको छ । सघंले मंगलवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि २४ औँ साधारण सभाको उद्घाटन कार्यक्रम गरेको हो ।
त्यस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय अपांग महासघंका केन्द्रिय अध्यक्ष देवीदत्त आचार्यले संविधानले अगांगता भएका व्यक्तीहरुको सम्पुर्ण अधिकार,एकल अधिकार स्थानीय तहबाट पाउने भनिए स्थानीय पालिकाले अपेक्षाकृत रुपमा बजेट नछुट्याइदिदाँ उपलब्धीमुलक कार्यहरु सञ्चालन गर्न कठिनाई भएको बताए ।
उनले आफ्नो अधिकारका लागि अपांगता भएका व्यक्तीहरु संगठित भई आवाज उठाउनुपर्ने र स्थानीय तहका जनप्रतिनिधिहरुलाई घच्घचाइ रहन जरुरी रहेको बताए । उनले अपागंताको सवालमा राप्ती बहिरा सघंले पश्चिम नेपालमै उत्कृष्ट गतिविधिहरु सञ्चालन गर्दै आएको भन्दै चर्चा समेत गरे ।
राप्ती बहिरा सघंका कार्यबहाक अध्यक्ष रुपा विकको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले अपांगता भएका व्यक्तीहरुको हक अधिकार र संरक्षणका लागि आफु निरन्तर लागिरहेको बताइन । उनले अपागंता व्यक्तीहरुको सवालमा राज्य अझै बढी गम्भिर बन्नुपर्नेमा जोड दिइन ।
कार्यक्रममा बहिरा सघंका निर्देशक प्रतिमा शर्माले अपांगता भएका व्यक्तीहरुको क्षमता अभिबृद्धी तथा आत्मनिर्भरताका लागि प्रत्येक वर्ष विभिन्न सिपमुलक तालिमहरु(पलम्बर,गुडिया बनाउने,सिलाइकटाई) लगाएतका तालिमहरु सञ्चालन गर्दै आएको बताइन । उनले वितेको आर्थिक वर्षदेखि समुदायमा आधारित पुनस्थापना कार्यक्रम सुरु गरेको पनि जानकारी गराइन ।
सघंका सल्लाहाकार देवा डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सघंका सचिव डम्बर वलिले गरेका थिए । कार्यक्रममा स्मृती योगीले दोभासे गरेकी थिइन ।
त्यस अवसरमा शारिरिक अपागंता भएका व्यक्तीहरुलाई सहायता सामाग्रीहरु सहयोग गरिएको थियो ।
यसैबिच २४ औँ साधारण सभाले मंगलवार विशेष अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले सस्थापक अध्यक्ष अजय कुमार शर्मालाई पुन अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ ।
त्यस्तै सघंको उपाध्यक्षमा रिता बिक,सचिव डम्बर वलि,कोषाध्यक्ष बिजय वलि,सहसचिव ज्ञानु खड्कालाई चयन भएका छन भने सदस्यहरुमा विष्णु परियार,नरेन्द्र रसायली,जया शाह,क्षितिज पोख्रेल चयन भएका छन ।