२०८२ पुष ३० गते बुधवार

रोल्पाको तिला नजिक बस दुर्घटना १५ जना घाइते

दाङ, साउन २३ । रोल्पाबाट दाङको घोराही तर्फ आउँदै गरेको बस तिला नजिक दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

सहिद मार्ग अन्तर्गत रोल्पाको त्रिबेणी गाउँपालिका – ७ को तिला नजिक दिउँसो १ बजेतिर ना ५ ख २६१२ नम्बरको बस सडक बाट करिव झन्डै एक सय मिटर जति तल खसेको प्रहरीले बताएको छ ।

बस दुर्घटनाका घाइते दश पुरुष र पाँच महिलालाई उद्धार गरि स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा पठाइएको जिल्ला प्रहरी प्रमुख श्याम सारु मगरले जानकारी दिए ।

चिफ्लो बाटोका कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीको छ ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *