तुलसीपुर, साउन २३ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले आफ्नो पहिलो काम आर्थिक दायित्वलाई कसरी हटाउने भन्ने रहेको बताएका छन् । ‘मेरो पहिलो र अर्जुनदृष्टी भनेको आर्थिक दायित्वलाई कसरी हटाउने भन्ने छ । यो साल धेरै कम भएको छ अर्को साल सवै सुन्य बनाएर त्यसपछि विकासका कामलाई अगाडी बढाउने छौं,’–मेयर खडकाले भने ।
उनले जनताले प्रत्यक्ष देख्ने गरि काम नभएको भनेपनि एक बर्षमा धेरै काम भएको सुनाए । उनले आर्थिक बर्ष २०७९÷०८० मा २८ करोड ५१ लाख राजश्वसंकलन भएको बताए । यो गत बर्ष भन्दा चार प्रतिसतले बढी भएको उनले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकामा शिक्षा तर्फ पाठ्यक्रम निर्माण गरि पाठ्यपुस्तक प्रकाशन, शिक्षक दरवन्दी मिलान, विद्यालय भवन निर्माण, मेट्रो कलेज भवन निर्माण, ७१ जना छोरीहरुलाई निःशुल्क रुपमा डिल्लोमा तह अध्ययन गराएको बताए ।
त्यस्तै उनले उपलव्धीकै रुपमा मेट्रो अस्पतालमा दरवन्दी व्यवस्थापन विशेषज्ञ सेवा सुरु, विपन्न नागरिकलाई औषधी उपचार सहयोग, सुत्केरी जेष्ठ नागरिक, विपन्नलाई एम्बुलेन्स सेवा निःशुल्क स्मार्ट छोरी कार्यक्रममा हाल सम्म १ हजार ४० जना, सडक पूर्वाधार तर्फ एक बर्षमा १७ दशमलब ६८ किमी सडक कालोपत्रे भएको , पक्की नाला ५.४८ किलोमिटर र ग्रावेल ३०.३ किलोमिटर भएको बताए ।
भुमिहिन र अव्यवस्थीत बसोबासीको तथ्याङ संकलन, जग्गा नापजाँप कार्यसुरु, किसानाई केडिर्ट काडवितरण देखि विभिन्न कामहरु गरेको सुनाए । उनले फोहर व्यवस्थापन, सिसी टिभी जडान ,अटो रिक्सालाई व्यवस्थापन र बजार व्यवस्थापनलाई तत्काल गर्ने बताए ।
‘तुलसीपुमा पार्कीङ र फोहर व्यवस्थापनको ठुलो चुनौतिछ त्यसलाई पनि हामीहरुले अव निजी क्षेत्र संगको साझेदारीमा अगाडी बढानेहो की भन्ने लागेको छ,’ उनले भने ।
उनले उज्यालो तुलसीपुर अन्तर्गत तुलसीपुरमा तत्काल बसपार्क र अन्य चेकहरुमा हाइलेक्स बत्ति जडान गर्ने बताए । ‘पत्रकारहरुले दिएका सुझावहरुलाई हामीहरुले टिपेका छौं तत्काल गर्न सक्ने कामहरु अहिले र अन्य कामहरु प्राथमिकताको आधारमा गर्ने छौं,’ खड्काले भने ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले अव उपमहानगरपालिकाको २५ करोड रकममात्र आर्थिक दायित्व भएको भन्दै त्यसलाई आगामी बर्षमा तिरिसक्ने बताए ।
‘हामीहरुले आर्थिक दायित्व कसरी पुरा गर्ने भन्नेमा छौं त्यसपछि सवैकुरा सुधार हुदै जानेछ उनले भने ।’
मेयर खड्काले निर्वाचित भएर आएपछि पहिलो पटक पत्रकार संग चिया गफ गर्दै आँफुले एक बर्ष भित्र गरेका कामको समिक्षा गर्दै अब गर्नु पर्ने कामका बारेमा राय मागेका थिए ।
त्यसक्रममा बिभिन्न पत्रकारहरुले सुझावहरु दिएका थिए ।
‘ राप्ती प्रादेशिक अस्पताल तुलसीपुर रिफर सेन्टरको रुपमा परिचित छ । कुनै घटना दुर्घटना भयो भने कति वेला रिफर गर्ने भनेर लागेका हुन्छन । तरकारीमा विषादी कति छ,त्यो नाप्ने यन्त्र छैन् ,’ पत्रकार ओपेन्द्र बस्नेतले प्रश्न गरेका थिए ‘बधसालामा जिउँदो खसी काटिन्छ की मरेको ? मासु कुन खानु हुन्छ ? कुन खानु हुन्न? यसको निगरानी कसले गर्ने हो ।’
तुलसीपुरलाई स्मार्ट सिटीको रुपमा घोषणा भएपनि स्मार्ट सिटीको अनुभुति कहिले हुन्छ ?
त्यस अवसरमा पत्रकार चेतन रेग्मीले तुलसीपुरलाई हरियाली बनाउने सपना बोकेर विगतदेखि नै बृक्षारोपण गरिदै आएपनि ति विरुवाहरु हुर्कन नपाउँदै मर्ने गरेको भन्दै त्यस तर्फ ध्यान दिन आग्रह गरे ।
उनले तुलसीपुर बजारमा हिड्दा नाक थुनेर हिडनुपर्ने अवस्था आएको भन्दै त्यसलाई रोक्न स्थानीय सकारले पहल गर्नुपर्ने सुझाव दिए । पत्रकार आसिष केसीले तुलसीपुरमा अटो रिक्साको व्यवस्थापन नहुँदा र मापदण्ड विपरित सञ्चालन हुँदा दैनिक दुर्घटनाको जोखिम बढेको बताए ।
उनले छाडा चौपायाहरुको विगविगीले पनि दुर्घटना बढेको भन्दै त्यसलाई व्यवस्थान गर्न सुझाव दिए ।
त्यस्तै पत्रकार बंशिकुमार शर्माले तुलसीपुरको फोहर आफुहरुको घर–खेतमा जाने गरेको भन्दै यसलाई व्यवस्थापन गर्न आग्रह गरे । उनले फोहर जथाभावी फाल्नेलाई उपमहानगरपालिकाले कारवाही थाल्नुपर्ने सुझाव दिए ।
पत्रकार महासंघका जिल्ला सहसचिव दिप्तीशिखा चौधरीले पातुखोलाको फोहरले त्यहाँ वरपर बस्नै नसक्ने अवस्था आएको भन्दै त्यसलाई व्यवस्थापन गर्न अनुरोध गरिन् । त्यस अवसरमा अन्य पत्रकारहरुले तुलसीपुरमा सिसि क्यामेरा जडान नहुँदा अपराधिक क्रियाकलापहरु बढेको बताएका थिए ।
उनीहरुले फोहर मैला व्यवस्थापन नहुँदा समस्या भएको र बजार ढाक्ने गरि फुटफाटका पसलहरुले गर्दा बजार कुरुप भएको भन्दै बजार व्यवस्थापनमा लाग्न सुझाव दिए ।