२०८२ माघ ३ गते शनिवार

डिजिटल बित्तीय साक्षरता तालिमको अनुगमन


देबिराम कुसारी,शान्तिनगर,साउन २२ । शान्तिनगर गाउँपालिकामा सञ्चालन भैरहेको डिजिल वित्तिय साक्षरता तालिमको अनुगमन भएको छ ।

तालिमको गाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेतको नेतृत्वको टोलिले अनुगमन गरेको तालिमका प्रशिक्षक पार्वती पुनले जानकारी दिए।

अनुगमनका क्रममा महिलाले देखाएको सक्रियताले आफुलाई समेत उत्साहित बनाएको भन्दै पालिका अध्यक्ष वस्नेतले महिला नेतृत्व र क्षेमता विकासका लागि पालिकाले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।

अनुगमनका क्रममा पालिकाका प्रवक्ता एंव वडा नम्वर ३ का वडा अध्यक्ष मिनबहादुर केसीले तलिमको आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिए ।

समुन्नति डिजिटल फाइनान्स जर्सी ओभरसिसको आर्थिक सहयोग, प्रयाक्टिकल येक्सन नेपालको संयोजन र डिप्रोक्स नेपालको आयोजनामा सञ्चालन भैरहेको तालिमको डिजिटल प्रविधिको प्रयोगका वारेमा जानरी गराउने उदेश्य रहेको छ ।

तालिममा संस्थाले मोवाईल बैंकिङ कारोवारलाई प्रभावकारी वनाउन सहभागिको मोवाईलमा पैसा राखेर प्रयोगात्मक अभ्यास समेत गराएको छ ।

त्यसैगरी स्थानिय महिलाहरुको कार्य बोज कम गरि नेतृत्व बिकास र ब्यबसायमा जोड्दै डिजिटल माध्यमबाट करोबार गरि आत्मनिर्भर बनाउने तालिमको थप उदेश्य रहेको प्रशिक्षक पुनले जानकारी दिए ।

तालिममा शान्तिनगर गाउँपालिकाका ३ वटा कृषी समुहका गरी ६१ जनाको सहभागिताको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *