दाङ,साउन २२ । आँखा पाक्ने रोग फैलिएपछि दाङमा विद्यालय बन्द गरिएको छ। गढवा गाउँपालिकाले एक हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
शिक्षा शाखाले एक सूचना जारी गरी केही दिनदेखि बढ्दै गएको आँखासम्बन्धी प्रकोपका कारण बालिबालिकामा हुन सक्ने जोखिम न्यूनीकरणका लागि विद्यालयमा पठनपाठन बन्द गर्न आग्रह गरेको छ।
बालबालिकाहरूको आँखा चिलाउने पाक्ने र रातो हुने समस्या दिन प्रतिदिन गुणात्मक रूपमा वृद्धि भइरहेकोले उक्त समस्यावाट बालबालिकाहरूमा हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि विद्यालयहरू बन्द गरिएको छ।
आँखा सम्बन्धित रोग बढ्दै जाँदा उपचारको लागि अस्पताल पुग्नेहरूको संख्या पनि बढ्दै गएको छ।
प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार