तुलसीपुर,साउन २१ । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले तुलसीपुर –८ रातापहरमा सम्पवेल पानी टंकी निमार्ण सम्पन्न गरेको छ । उक्त सम्पवेल पानी टंकीको आइतवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
सम्पवेल पानी टंकीको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खड्काले पानी टंकी निमार्ण भएसगैं खानेपानीको अभाव झेल्दै आएका उपभोक्ताहरुका लागि सहज हुने विस्वास व्यक्त गरे ।
‘विगत देखि नै तुलसीपुर र अमृतपुर खानेपानीले सबै समुदाय–बस्तीमा पानी पुु¥याउन नसक्दा स्वयम उपभोक्ताहरु वञ्चित हुने अवस्था थियो,खड्काले भने,‘अब भने अमृतपुर खानेपानीको एक लाख ७५ हजार क्षमता भएको पानी टंकी निमार्ण भएसगैँ यस क्षेत्रका नागरिकहरुलाई ठुलो राहत दिनेछ भन्ने अपेक्षा लिएका छौँ ।’
धेरै उपभोक्ताहरुलाई पानी पु¥याउन रिजव टंकी आवश्यक पर्ने भएकोले उक्त टंकी निमार्णका लागि उपमहानगरपालिकाले विषेश ध्यान दिने प्रतिबद्धता जनाए ।
अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष चन्द्रकान्त खरेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यालय प्रमुख सुशील काफ्लेले १३ लाख ३५ हजार ६ सय ५६ रुपैयामा अमृतपुर खानेपानीको सम्पवेल टंकी निमार्ण सम्पन्न भएको जानकारी गराए ।
उनका अनुसार तुलसीपुर–८ र ९ नं. वडा भित्र रहेका नयाँवस्ती,दुधेना,सुनवर्षा,कृष्णमन्दीर,तल्लो नयाँवस्ती,चन्द्रगञ्ज हुदैैँ पश्चिम टिकरी स्कुलडाँडासम्मको एरियाका बासिन्दाहरुले पिउने पानीको समस्या झेल्दै आएका थिए ।
अब भने टंकी निमार्ण भएसगैं यस क्षेत्रका ६ सय ३५ धरधुरीका ३१ सय १३ जना जनसंख्यालाई सहज तरिकाले खानेपानी पु¥याउन सकिने प्रमुख काफ्लेले बताए ।
संस्थाका कोषाध्यक्ष केशब वलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दशरथ वलिले गरेका थिए ।