२०८२ माघ ४ गते आइतवार

लियो अभिमुखीकरण र पिभिएसटी क्लब भ्रमण कार्यक्रम सम्पन्न

तुलसीपुर,साउन २१ दाङको घोराहीमा एकदिने लियो अभिमुखीकरण र पिभिएसटी क्लब भ्रमण कार्यक्रम सम्पन्न भएको छ । लियो जिल्ला परिषद् ३२५ एन नेपालको आयोजनामा उक्त कार्यक्रम भएको हो ।


त्यस कार्यक्रममा प्रमुख अतिथि लियो जिल्ला परिषद् ३२५ एन,नेपालको लियो क्लबका अध्यक्ष लायन भिम सुवेदीले विश्वमा नै लियो क्लबको छुट्टै महत्व रहेको बताए ।

उनले लियो क्लवले समाज सेवासगैं युवाहरुको नेतृत्व र क्षमता विकासका लागि काम गर्दै आएको जानकारी गराए । व्यक्ती सामाजिक हुनका लागि एक आपसमा सहकार्य र सह–अस्तित्वको आबस्यक पर्ने बताउदैँ उनले स्वच्छ मनले समाज सेवामा लाग्न लियो क्लवहरुलाई आग्रह गरे ।


लियो जिल्ला परिषद् ३२५ एन का उपाध्यक्ष लियो मदन गिरिको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका सिनियर लायन भाष्कर पन्तले लियो क्लवले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताए । उनले कार्यक्रममा सिकेका कुराहरु व्यवहारमा उतारेर समाजसेवामा अगाडी बढ्न सहभागीहरुलाई आग्रह गरे ।


कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ एन का कोषाध्यक्ष लियो प्रकाश कवरले समाजका लागि केही गर्छौ भनेर लियो क्लवमा आबद्ध भएका युवाहरुलाई यसको बारेमा जानकारी लिएर समाजसेवामा अगाडी बढ्न थप सहयोग पुगोस् भन्ने मुख्य उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी गराए ।

उनले दाङबाट सुरु गरिएको लियो अभिमुखीकरण र क्लब भ्रमण कार्यक्रमलाई अभियानको रुपमा सबै जिल्लामा सञ्चालन गर्ने बताए । साथै उनले जिल्लामा रहेका लियो क्लवहरुले धेरै भन्दा धेरै नयाँ सदस्यहरु जोड्न तर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा लियो क्लव अफ दाङका अध्यक्ष लियो यमकला भुसालले राष्ट्रिय झण्डाको अभिवादन गरेकी थिइन भने सहजीकरण लियो जिल्ला परिषद् ३२५ एनका सचिव लियो सिद्धार्थ कायस्थले गरेका थिए ।

अभिमुखीकरण कार्यक्रममा दाङ जिल्लामा रहेका विभिन्न लियो क्लवहरुको सहभागीता रहेको थियो ।

लियो क्लवमा १८ देखि ३० बर्ष सम्मका युवा–युवतीहरु आवद्ध हुन पाउने प्रावधान छ ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस
  1. Shaktising rokaya says:

    Leo club of Rapti Engineering College dang ,ghorahi

Leave a Reply

Your email address will not be published. Required fields are marked *