२०८२ माघ १ गते बिहिवार

बिजाैरी क्षेत्रका खाल्डाखुल्डी सम्याइदै


तुलसीपुर,साउन २१ । बिजाैरी क्षेत्रमा वर्षाका कारण परेका खाल्डाखुल्डी सम्याउन सुरु गरिएकाे छ ।

जनतासँग जनप्रतिनिधि श्रम अन्तर्गत तुलसिपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का नेतृत्वमा प्रादेशिक आर्युवेद चिकित्सालय गेट अघिकाे खाल्डा सम्याएर सुरु गरिएकाे हाे ।

अभियानअन्तर्गत शनिबार वडा नम्बर १८काे बिजाैरी भाेजपुर सहिद मार्गमा परेका खाल्डा सम्याइने भएकाे छ।

नगरप्रमुख टीकाराम खड्काले नीति तथा कार्यक्रममै जनतासँग जनप्रतिनिधि समावेश गरेर श्रम संस्कृतिकाे सम्मान र विकासमा जनता जाेड्न थालिएकाे बताए ।

श्रमदान कार्यक्रममा सडक,सिचाइ,सरसफाइ,वृक्षराेपण, सडक साैन्दर्यकरणलगायतका कार्यक्रम रहेका छन् ।कार्यक्रममा वडा नम्बर १८ का अध्यक्ष माधव वली, १९ का प्रेमनाथ याेगी, बिजाैरी उद्याेग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्कासहित जनप्रतिनिधि, कर्मचारी,बिजाैरी उद्याेग वाणिज्य संघका पदाधिकारी, व्यापारी, टाेल विकास संस्था सहभागिता रहेकाे छ ।

तुलसीपुर उपमहानगरपालिकाले यान्त्रिक साधनहरुकाे व्यवस्था गरेकाे यान्त्रिक शाखाका प्रमुख केशव डाँगीले बताए ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *