२०८२ पुष ३० गते बुधवार

अवैध रुपमा सालको रुख काटेको आरोपमा तीन जना पक्राउ


तुलसीपुर,साउन २१ । दाङमा प्रहरीले अवैध रुपमा काँचो सालको रुख काटेर घप्पु बनाउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ।

गढवा गाउँपालिका–४ स्थित सालझुण्डी सामुदायिक वन क्षेत्रमा सालको रुख ढालेर तीन वटा घप्पु बनाएको अवस्थामा तीन जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीले जानकारी दिइन्।

उनका अनुसार अवैध साल काठ कटानमा संलग्न ३३ बर्षिय देवराज बोटे, २७ बर्षिय कमलबहादुर माझी र २० बर्षिय अमरबहादुर माझीलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय गोवरडिहाको जिम्मा लगाइएको छ।

प्रहरी चौकी गोवरडिहाले गस्ती गर्ने क्रममा साल काठ कटान गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको जनाइएको छ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *