तुलसीपुर, साउन २० । लायन्स क्लब इन्टरनेसनल ३२५ एन को पहिलो क्याबिनेट बैठकको सम्पन्न भएको छ ।
शनिबार दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० स्थित दाङ फन भ्यालीमा भएको लायन्स क्लब इन्टरनेसनल ३२५ एन को पहिलो क्याबिनेट बैठकमा बोल्ने बक्ताहरुले सामाजिक तथा मानविय सेवा समर्पित लायन्स क्लवले स्थानीय सरकारसंग साझेदारी गरेर अगाडी बढनु पर्ने बताएको थिए ।
नेपालमा रहेका १५ वटा डिस्ट्रिकमध्ये सबैभन्दा ठूलो डिस्ट्रिकका रुपमा रहेको एनले पहिलो क्याबिनेट बैठक दाङमा गरेको भन्दै स्थानीय निकायका जनप्रतिनिधि तथा जिल्लाका प्रमुख तथा प्रतिनिधिहरुले धन्यवाद समेत दिएको थिए ।
लायन्स क्लब इन्टरनेसनल ३२५ एनका गर्भनर मुकुट ढकालको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय सल्लाहकार सल्लाहकार सन्जय खेतानले नेपालमा सवै भन्दा बढी लायन्स क्लवका सदस्यहरु रहेको भन्दै फुटवलको खेलाडी जस्तै लायन्सको मेसि नेपाल भएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का, प्रमुख जिल्ला अधिकारी सुसिल बैद्य, जिल्ला प्रहरी प्रमुख विरबहादुर वली, लायन्सका सिवि चन्द, भावि गर्भनर विनोदकुमार श्रेष्ठ लगायतले बालेका थिए ।
कार्यक्रममा सचिव उमा थापाले प्रगति प्रतिवेदन पेश गरेकी थिइन् ।
त्यसैविच नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालमा डाईवेटिक, रेटिनोपेथि सेवा विस्तार र विकासका लागि लायन्स क्लव र आँखा अस्पतालको साझेदारीमा ओसीटि पोष्टीरियल भिक्टेटोमि मेसिनको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
सो मेसिनको उद्घाटन लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी नगरप्रमुख टिकराम खड्का गर्भनर मुकुट ढकालले गरेका हुन् ।
साथै सो प्रोजक्ट जुटाउन सहयोग गर्ने चिकित्सक, लायन्स क्लवका पदाधिकारीलाई अध्यक्ष कृष्णकुमार गिरीले सम्मान समेत गरेका थिए ।
सो अवसरमा नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पताल लमही आँखा अस्पताल र छन्द कालेबाबु नारायणी आँखा अस्पतालले निःशुल्क आँखा तथा चश्मा जाँच गरेको थियो । भने निजिको चश्मा र औषधीहरु समेत निःशुल्क वितरण गरेको थियो ।