२०८२ माघ ८ गते बिहिवार

रुकुम पश्चिममा बाहिर ताल्चा घर भित्र एक महिला मृत फेला

दाङ, साउन २० । रुकुम पश्चिममा बाहिर ताल्चा लगाएको घर भित्र एक महिला मृत फेला परेकी छन् ।

जिल्लाको मुसिकोट नगरपालिका –१ सल्लेकी ५१ वर्षीया हस्तकली बुढाथोकी मृत फेला परेकी हुन ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराइले घटना संकाष्पद देखिएको हुँदा घटना अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त कुकुर झिकाइएको जानकारी दिए ।

मृतकको मोवाइल हासम्म फेला नपरेको र कानबाट रगत आएको अवस्था रहेको प्रहरीले बताएको छ ।
मृतकले लगाएको सुनको औंठी, पोते र कानको सुन भने देखिएको प्रहरीले बताएको छ ।

बाहिर बाट ताल्चा लगाएको घरको ढोका आफन्तले फोडेर हेरेपछि बुढाथोकीलाई मृत अवस्थामा फेला पारेका थिए । त्यसपछि उनीहरुले प्रहरीलाइ शुक्रबार राति दश बजेपछि सूचना दिएका थिए । तालिम प्राप्त कुकुर झिकाइएको हुँदा प्रहरीले शबको सुरक्षा गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० साउन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *