दंगीशरण साउन १९ । दंगीशरणमा पालिका स्तरीय महिला तथा बालबालिका सुरक्षा संयन्त्र बैठक सम्पन्न भएको छ ।
समाजमा वातावरणीय शिक्षाको विकास सीड संस्थाको आयोजना तथा दंगीशरण गाउँपालिका र आइ एम नेपालको सहयोगमा उक्त बैठक भएको हो ।
त्यस अवसरमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले विशेषगरी बिधालय –बिधालयमा पुगेर बाल विवाहबाट हुने असर, कानुनि सजाय तथा लैङ्गिक हिंसाको बारेमा किशोर – किशोरी लक्षित कार्यक्रमलाइ अभियानकै साथ अगाडी बढन आवस्यक रहेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष पिमा वलि खड्काले बालविवाह निर्मुल गर्न समाजमा जनचेतनाको अत्यावश्यक रहेको बताए ।
गाउँपालिका भनेको मेरुदण्ड रहेको र सबैले आ –आफ्नो ठाउँ बाट सक्दो सहयोगका साथ अगाडी बढे २०८७ सम्म दंगीशरण गाउँपालिकालाइ बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने १० बर्षे रणनीतिक योजना पुरा हुने बिस्वास समेत ब्यक्त गरे ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईले समाजमा हरेक कुरामा नियंत्रित हुने र स्वतन्त्रतामा कमि तथा प्रजनन र यौन शिक्षामा खुल्न नसक्दा बाल बिबाह तथा लैङ्गिक हिंसामा वृद्धि भएको उल्लेख गरे ।
बाल विबाह र लैङ्गिक हिंसामा दंगीशरण गाउँपालिकाको अवस्था बारे जानकारी गराउदै सिड सस्थाका कार्यक्रम सयोजक उमेश खरेलले समतामूलक समाज निर्माण गर्ने अपेक्षा लिदै परीयोजना अगाडी बढाइएको बताए ।
आफुहरुको उदेस्य बाल बिबाहको जोखिम भएका र बाल बिबाह पिडीत बालवालिकालाइ संरक्षण गरी अत्यावश्यक सेवा सुविधाहरुको ब्यबस्था गरी १० बर्षे रणनीति अनुरुप अगाडि बढ्नु रहेको बताए ।
बैठकमा ७ वटै वडाका अध्यक्षहरु,साखा प्रमुखहरु,कृयासिल संघसथाका प्रतीनिधि लगायतकोको सहभागीता रहेको थियो ।
बैठकको सहजिकरण सीड संस्थाकी सामाजिक परिचालक रेनुका बिकले गरेकी थिइन ।