२०८१ मङ्सिर २७ गते बिहिवार

बबईमा जडीबुटी दिवस मनाइयो

प्रमोद आचार्य,बबई,साउन १९ । पतन्जली योग समिती बबईको आयोजनामा आचार्य श्री महाराजको जन्मोत्सव तथा जडीबुटी दिवसको अवसर पारी दिवस मनाइएको छ ।

समितिले शुक्रवार एक कार्यक्रमको आयोजना गरी शिव मन्दिर हापुरेको प्राङ्गणमा आधुनिक युगका धनोन्तरी आचार्य श्री महाराजको जन्मोत्सव तथा जडीबुटी दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै पतन्जली योग समिती लुम्बिनी प्रदेशका महामन्त्री घनश्याम अधिकारीले आचार्य महाराजको बारेमा वर्णन गर्दै जडीबुटीको महत्त्व र जडीबुटीबाट मानव जिवनमा हुने फाइदाको बारेमा चर्चा गरेका थिए ।

विभिन्न प्रजातीका बिरुवा सहित कार्यक्रममा उपस्थित महामन्त्री अधिकारीले ति बिरुवाको फाइदा र प्रयोग विधिवारे जानकारी गराएका थिए ।

उनले योगलाई दाङ जिल्ला भरी बिस्तार गर्दै नेपालमै दाङलाइ योगको क्षेत्रमा प्रथम स्थानमा स्थापित गराउन सफल भएकोमा खुसी ब्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अथिती बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीले योगको माध्यमबाट शारीरिक तथा मानसिक स्वस्थता प्रदान गर्ने भएकाले सबै नागरिक योगमा जोडिन आवश्क रहेको बताए ।

बबई गाउँपालिका प्राकृतिक जडिबुटीको प्रचुर सम्भावना रहेको गाउँपालिका रहेकाले पनि यहाँ उत्पादीत जडिबुटीको अनुसन्धान तथा अध्ययन गरी जडीबुटीको फाइदा र महत्त्व वारे सबै नागरीकलाई जानकारी गराउन आवश्यक रहेको औल्याए ।

यस्तै कार्यक्रमका दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले शारीरीक तथा मानसिक स्वास्थ्यका लागी पनि योग अहिलेको अपरीहार्यता रहेको बताए ।

समाजलाई स्वस्थ र सभय बनाउन र स्वस्थ जनशक्ति उत्पादनका लागी पनि योगकोको आवश्यकता रहेको बताए ।

अध्यक्ष गिरीले आफु निर्वाचित भए पस्चात पहिलो वर्ष ३ वटा वडामा योग हल निर्माण गरेको र यो वर्ष पनि थप २ वटा वडामा योग हल विनियोजित गरिसकेको र ५ वर्षमा सबै वडामा योग हल निर्माण गरी स्वस्थ र सभ्य दंगीशरण निर्माण गर्ने सोचमा आफु रहेको प्रस्टाए ।

शिवशक्ती योग साधना बबईका अध्यक्ष लुमा केसीको अध्यक्षतामा भएको कार्यक्रममा बबईका योग शिक्षक चुडामणी कडेल,पतन्जली योग समिती दंगीशरणका अध्यक्ष दिपक बिष्ट,योग समिति जिल्ला सदस्य लक्ष्मण केसी,बबई वडा नं.४ का वडा अध्यक्ष टेक बहादुर केसी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

दिवसलाई सफल पार्न दंगीशरण,शान्तीनगर,र बबई गाउँपालिका बाट योग साधक साधिका र योग शिक्षकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

शिवशक्ती योग साधना बबईका योग शिक्षक पुर्ण बहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण योग शिक्षक अमर भुषालले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *