दाङ, साउन १९ । जिल्ला समन्वय समिति दाङले जिल्लास्तरीय बार्षिक समिक्षा कार्यक्रममा सहभागिता जनाउने सवैलाइ हार्दिक आभार व्यक्त गरेको छ ।
जिल्लाको समग्र विकासका सन्दर्भमा बार्षिक प्रगति विवरण सहित अआफ्ना कार्यालयका विकाश निर्माणका गतिविधि सार्वजनिक गर्ने पालिका तथा सरकारी कार्यालयहरुलाइ जिल्ला समन्वय समितिले धन्यवाद समेत व्यक्त गरेको छ ।
समितिका प्रमुख नित्यानन्द शर्माले शुक्रवार एक विज्ञप्ती जारी गरी जिल्लास्तरीय वार्षिक प्रगति समिक्षा कार्यक्रममा उत्साहजनक सहभागिता जनाउने प्रदेशसभा सदस्यहरु, स्थानिय तहका जनप्रतिनिधिहरु, प्रमुख प्रशाशकिय अधिकृत, जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, आम सन्चारकर्मि, उद्योग वाणिज्य संघ लगायत सहभागि सवैलाइ धन्यवाद ज्ञापन गरेका छन् ।
‘नेपालको संघात्मक संविधानको मर्म एवं स्थानिय स्वायत्त शासन ऐन २०७४ को दफा ९२ मा विकाश निर्माणका कामलाइ प्रभावकारी बनाउनकालागी जिल्लाका हरेक कार्यालयहरुले बर्षमा कम्तिमा एक पटक वार्षिक समिक्षा गर्नुपर्ने बैधानिक प्राव्धान अनुरुप जिल्ला समन्वय समितिको आयोजनामा विहिवार जिल्लास्तरीय बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको थियो ।
‘सवै कार्यालयहरुले गरेका विकाश निर्माण लगायतका अन्य सवै काम आम नागरीकहरुले पनि जानकारी पाउनु पर्दछ, यसले विकाश निर्माणलाइ थप प्रभावकारी गराउन पनि मदत पुग्ने हाम्रो अपेक्षा हो’, समन्वय प्रमुख शर्माद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
मुलुकमा संघियता कार्यान्वयनको अभ्यास सुरु भैसकेको अवस्थामा अव सिहदरवारको अधिकार गाउमै पुग्नु पर्दछ भन्दै आम जनतालाइ सहज रुपमा राज्यद्धारा दिइने सेवा सहज रुपमा प्रदान गर्न र थप प्रभावकारी ढंगले मुलुकको विकाश निर्माणमा विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।
बाटो घाटो र पुल पुलेसा निर्माणले मात्र विकाशको पुर्णता नहुने भन्दै शिक्षा, स्वास्थ्य लगायत सामाजिक विकाशका सन्दर्भमा पनि सवै निकाय लाग्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘जनप्रतिनिधिहरुले आवस्यक कानुन निर्माण गर्ने हो, सोहि कानुनको अधिनमा रहेर राष्ट्रसेवक कर्मचारीले जनतालाइ सहज रुपमा सेवा प्रवाह गर्ने हो’, विज्ञप्तीमा भनिएको छ, जनतालाइ परीवर्तनको प्रत्याभुति दिनु हामी सवैको साझा दायित्व हो । त्यसैगरी विज्ञप्तीमा समृद्ध दाङको साझा संकल्प लिएर अघि बढ्न पनि जनप्रतिनिधि, स्थानिय पालिका, संघ र प्रदेश सरकारलाइ आग्रह गरिएको छ ।