दाङ,साउन १९ । देउखुरीमा मोटरसाइकलको ठक्करबाट एकजना महिला गम्भीर घाइते भएकी छिन ।
घाइते हुनेमा राजपुर गाउँपालिका -७ सुनपत्थरी नाका निवासी ३२ वर्षिय रामकली बोहरा रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
शुक्रबार दिउँसो १स्३० बजे लमहीबाट पश्चिम तर्फ जाँदै गरेको सु.प.प्र-०१००१ ख २८५२ नम्बरको ट्रकले लमही नगरपालिका -८ सतवरिया स्थित बोहरालाई ठक्कर दिंदा निधार, मुख, दुवै हातखुट्टामा गम्भीर चोट लागेको लमहीले बताएको छ ।
प्रहरीका अनुसार आफु चडेको बसबाट झरेर पसलमा सामान लिन जाने क्रममा ट्रकले ठक्कर दिएको हो ।
ट्रक, चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते महिलालाई लमही अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ ।
प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार