२०८२ माघ ४ गते आइतवार

रुटप्रमिट अनुसार अटो सञ्चालन नहुँदा ठुला गाडी मर्कामा


तुलसीपुर, साउन १८ । रुटप्रमिट अनुसार अटोहरुले नियम पालना नगर्दा अन्य ठुला तथा साना गाडी व्यवसायीहरु मर्कामा परेका छन् ।

तुलसीपुर देखि पश्चिम जाने तथा अन्य स्थानमा पनि रुटप्रमिट भन्दा बाहिर गएर अटो सञ्चालन गरेको भन्दै त्यसलाई रोक्न अन्य ट्याक्सि तथा बस व्यवसायीहरुले माग गरेका छन् ।

यातायात व्यवस्था कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका अन्तरगत राजमार्ग वाहेक ३ किलो मिटर नगर भित्र सञ्चालन गर्न भनि रुट प्रमिट कायम गरि सञ्चालन गर्नु गराउनु भनि अनुमति दिएपनि अटोहरुले मनोमानी ढङग बाट नगर वाहिर २२÷२४ किलो मिटरमा पनि अटोहरुले यात्रुहरु बोक्दा आफुहरुलाई समस्या परेको व्यवसायीहरु बताउछन् ।

‘गाउँपालिका भित्रकाले गाउँपालिका र नगरपालिका भित्रमा ३ किलोमिटर नगर भित्र सञ्चालन गर्ने भनिएको छ तर पश्चिममा रगैजा सम्म अटोहरु सञ्चालन भएका छन् यसले गर्दा हाम्रो व्यवसायीहरु मर्कामा छन् –तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले भने ।’

उनले यसमा सहजीकरण गरिदिन भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला ट्राफिक कार्यालय घोराही, यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङ, तुलसीपुर उपमहानगरपालिकामा समेत आफुहरुले सहजीकरणका लागि बारम्बार आग्रह गरेको बताए ।

उनले अटोहरुले विगतमा गरेका सम्झौताहरु समेत कार्यान्वयन नगरेको भन्दै सहमति कार्यान्वय नगरे आफुहरुले त्यसका विरुद्ध आन्दोलन गर्ने समेत चेतावनी दिए ।

‘हामीहरुले सवै सरोकार निकायमा जानकारी गराएका छौं यसमा पहल गर्ने आश्वासन पाएका छौं –अध्यक्ष बुढाथोकीले भने ।’ उनले यदि आफुहरुले विभिन्न सरोकार वालाहरुलाई जानकारी गराएको र यसको कार्यान्वय नभए आफुहरु पनि सवै गाडिहरु सडकमा ल्याउन वाध्य हुने बताए ।

उनले अहिले पश्चिम क्षेत्रमा विभिन्न स्थानमा कर्मचारीहरु परिचालन गरेको समेत बताए । यता जिल्ला ट्राफिक प्रहरी प्रमुख किरण प्रकाश मल्लले भने नियम अनुसार सवै चल्नुपर्ने भन्दै नियम उल्घन गर्नेलाई कानुनि कारवाहि हुने बताए ।

‘हामीहरुले हेर्ने भनेको रुटप्रमिट तथा यात्रुमैत्रि व्यवहार र ट्राफिक नियमहो पालना गरेको छ छैन भन्नेहो उल्घन गरे कारवाहि हुन्छ –प्रमुख मल्लले भने ।’ उनले प्राप्त जनशक्ति नहुँदा चेकजाँचमा समस्या हुने गरेको भन्दै समस्या समाधान गर्न आफुहरु लाग्ने बताए ।

‘नियम सवैले मान्नु पर्छ नियममा तलमाथि गर्न कसैलाई छुट छैन उनले भने ।’ त्यस्तै एक बर्ष पहिले यस्तै समस्या आएपछि अटो व्यवसायी र अन्य यातायात प्रालिहरु विच विभिन्न सम्झौता समेत भएको थियो । तर सो सम्झौता बमोजिम अहिले अटो नचलेको व्यवसायीहरुको गुनासो छ ।

पटक पटक अटो व्यबसायी संग सम्झौता भएपनिन कार्यान्वयन नभएको तुलसीपुर यातायात प्रालिका कार्यालय प्रमुख बलबहादुर खत्रीले बताए ।

साथै तुलसीपुर यातायाता प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले व्यवसायीहरुलाई यात्रुमैत्री व्यवहारका साथै यात्रुलाई सहज यातायात सेवा प्रर्दान गर्न व्यवसायीहरुलाई आग्रह गरे ।

उनले नियम पालना गरि गाडीहरु सु-सञ्चालन गर्न आग्रह गरे । जहाँ पायो त्यही यात्रु नझार्न तथा सडकमा जहाँ पायो त्यही गाडीहरु पार्किङ नगर्न अनुरोध समेत गरे ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *