सल्यान,साउन १८ । सल्यानमा एक व्यक्तिले जागिर लगाइ दिन्छु भन्दै ५५ हजार ठगी गरेका छन ।
जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ६ चौलाबोट बस्ने २७ वर्षका प्रेम प्रकाश वलीले बागचौर नगरपालिका सल्यानका अधिकृत पूर्ण वलीको नक्कली फेसबुक आइडी खोलेर ठगी गरेका हुन ।
उनले आफ्नै फुपूको छोरा बागचौर नगरपालिका वडा नम्बर ७ दहका २२ वर्षका टेकम खडकालाई बागचौर नगरपालिकामा स्काभेटर चालक पदमा जागिर लगाइदिन्छु भन्दै ५५ हजार ठगी गरेको पीडित टेकम खडकाले जानकारी दिए ।
उनका अनुसार ठगी गर्ने व्यक्तिले बागचौर नगरपालिकाका अधिकृत पूर्ण वली सँग जागिर पक्का भएको कुराकानी गरेका म्यासेज देखाएपछि जागिरकै आशामा ५५ हजार रुपैयाँ बुझाएको बताए ।
जागिर पक्का भएको र पैसा बुझाइसकेपछि आफ्नो जागिरको विषयमा अधिकृत पूर्ण वली सँग बागचौर नगरपालिकामा बुझ्न जाँदा आफू आफ्नै मामाको छोरा बाट ठगिएको थाहा पाएको पीडित खड्काको भनाई छ ।
बागचौर नगरपालिकाका अधिकृत पूर्ण वलीले आफ्नो नक्कली आइडी पूर्ण बहादुर वली खोलेर प्रेम प्रकाश वलीले दुरुपयोग गरी रकम असुली गरेको बताए । उनले प्रेम प्रकाश वलीले अर्को वली सरकारबाट पूर्ण बहादुर वली सँग जागिरको कुरा पक्का भएको छ भनी काल्पनिक कुरा गरेर आफ्नै फुपूको छोराबाट रकम असुली गरेको खुलासा भएको बताए ।
उनले पीडित व्यक्ति जागिरको विषयमा बुझ्न आएको हुँ भनी साउन ११ गते मेरो कार्यकक्षमा आई गोप्य रुपमा जानकारी गराएपछि मैले थाहा पाएको बताए ।
आफ्नो नामको आइडी बाट गलत कार्य गरेको पाइएपछि पीडित टेकम खडकालाई इलाका प्रहरी कार्यालय थारबारेमा लिएर परामर्श गरेको समेत अधिकृत पूर्ण वलीले जानकारी गराए ।
उनले ठगी गर्ने व्यक्तिलाई कानुनी कारबाही प्रक्रिया लागि अघि बढेको र प्रहरीलाई जानकारी गराएको बताए ।
ठगी गर्ने व्यक्ति अहिले सम्म सम्पर्कमा आउन सकेका छैनन् ।