गुल्मी,साउन १८ । घाँस काट्ने क्रममा भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपाली रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
नेपाली आज बिहान ९ बजे आफ्ना छोरीहरूसँग स्थानीय ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन्।
करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार