२०७७ चैत्र ३१ गते मङ्गलवार

‘हल्ला नगर’ भन्दै आए प्रेमप्रकाश

दाङ, बैशाख ९ ।
सुगम संगीत गायक प्रेम प्रकाश ओलीले आफ्नो नयाँ गिती कोशेली बजारमा ल्याएका छन् । गायकी बेस सुगम संगित भएपनि भर्सटायल गायकको रुपमा आफूलाई संगीत बजारमा उनले स्थापित गराएका छन् । ओखर काँचो छ बोलको स्टेज गीत बजारमा ल्याएर आफूलाई भर्सटायल गायकको रुपमा परिचित गराएका उनले पछिल्लो समय ‘हल्ला नगर’ बोलको गीत ल्याएका छन् । लोक पप प्याटर्नको यो गीतमा प्रकाशले आफूलाई भर्सटायल गायकको रुपमा प्रमाणित गराईदिएका छन् ।

दशक लामो संगीत यात्रा पार गरिसकेका उनी यो गीत बिल्कुलै नयाँ खालको रहेको र यसले आफूलाई संगीत बजारमा थप स्थापित बनाउने विश्वास लिएका छन् । ‘यो गीत मेरो म्युजिकल करिअरमै विल्कुलै नयाँ अनुभव पनि हो’, उनले भने ‘र मेरो विश्वास पनि छ, मलाई यो गीतले थप स्थापित गराउने छ ।’

भर्सटायल गायकको बाटोमा अघि बढेका प्रकाशले यसअघि पनि सुगम संगीत, त्यो पनि बियोगान्त गीतहरुमा मात्रै आवाज भर्दै आएका थिए । तर नेपाली संगीतको बजारको माग अनुसार आफूलाई पनि केही चेन्ज गरेको उनी बताउँछन् । ‘नेपाली संगीत बजारले कस्तो गीत खोजिरहेको छ, त्यसलाई मैले क्यास गरेर अघि बढेको छु’, उनले भने ‘तर मेरो पुरानो संगीतको बिटलाई मायाँ मारेको भने हैन ।’ यसअघि उनले बजारमा ल्याएको ओखर काँचो छ बोलको लोक प्याटर्नको गीतले पनि राम्रो चर्चा पाएको थियो ।

प्रेम प्रकाश दाङ तुलसीपुरका हुन् । उनी अहिले संगीत कर्मकै क्रममा काठमाडौँमा छन् । गायक प्रेमप्रकाशलाई यो गीतमा चर्चित गायिका मेलिना राईले गायकीमा साथ दिएकी छन् । डा. बिपी भुसालको शब्द रहेको यो गीतमा बिबि अनुरागीको संगीत रहेको छ । आइतबार युट्युवमार्फत रिलिज भएको गीतले दर्शकहरुको राम्रो साथ पाईरहेको छ । गीतमा दिपेन्द्र शाहि ठकुरी र अहिलेकी चर्चित मोडल करिष्मा ढकालको उत्कृष्ट नृत्य रहेको छ । भिडियोका निर्देशन पनि दिपेन्द्र शाहि ठकुरीले गरेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *