तुलसीपुर,साउन १७ । मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका दाङका एक युवकको उपचारको क्रममा निधन भएको छ ।
दुर्घटनामा परी गम्भिर घाइते भएका तुलसीपुर-१२ का ३० वर्षिय रेमन्त बस्नेतको भारतको लखनउमा उपचारको क्रममा बुधबार दिउसो निधन भएको हो ।
बस्नेत सोमबार बेलुका साढे ८ बजेतिर तुलसीपुर-१२ रझेनास्थित मोटरसाइकल दुर्घटनामा परेका थिए ।
तुलसीपुरबाट उरहरीतर्फ जाँदै गरेको बस्नले चलाएको रा ७ प ३४१६ नम्बरको मोटरसाइकल सोहि दिशातर्फ जाँदै गरेको रा २ प ४३२२ नम्बरको स्कुटीसंग ठोक्किएको हो ।
दुर्घटनामा परी बस्नेतको टाउको र शरिरमा चोट लागेको थियो । दुर्घटनापछि गम्भिर घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि लखनउ लगिएकोमा निधन भएको प्रहरीले जनाएको छ
प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार