२०८३ जेष्ठ १६ गते शनिवार

जिससको वार्षिक समिक्षा : दाङको समृद्धिमा एकजुट हुन जनप्रतिनिधिहरुको आह्वान

दाङ, साउन १८। संघीय लोकतान्त्रिक संविधानको मर्म तथा स्थानीय स्वायत्त शासन ऐन २०७४को दफा ९२ वमोजिम हरेक जिल्लामा विकाश निर्माणका कामलाइ प्रभावकारी बनाउन बर्षमा एक पटक बार्षिक समिक्षा गरिनुपर्ने कानुनी प्राव्धान अनुरुप दाङ जिल्लामा बुधवार जिल्लास्तरीय वार्षिक प्रगति समिक्षा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा सम्पन्न बार्षिक समिक्षा कार्यक्रममा जिल्लाका दुइ उपमहानगरपालिका, एक नगरपालिका र सात गाउपालिका सहित संघ र प्रदेशका कम्तिमा २९ कार्यालयहरुले अआफ्नो कार्यालयले सम्पादन गरेका आर्थिक बर्ष २०७९÷८०का कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।

प्रदेश सभा सदस्य प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न समिक्षात्मक कार्यक्रमको उद्घाटन समारोहमा बोल्ने जनप्रतिनिधिहरुले दाङको समृद्धिलाइ साझा संकल्पका रुपमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

भौतिक विकाशले मात्र मुलुकको समृद्धिले पुर्णता नपाउने बताउंदै सामाजिक विकाश, मानविय विकाश तथा मानव संसाधनको विकाशलाइ समेत संगसंगै लगेर मात्र समृद्ध दाङको साझा शंकल्प पुरा हुने अभिव्यक्ति दिए ।

सहभागिहरुले समानुपातिक विकाश, समावेशि विकाश तथा वातावरणिय एवं पर्यावरणिय सन्तुलनकालागी समेत साझा एजेण्डा लिएर दाङलाइ समृद्ध बनाउने अठोट गरे ।

त्यसका लागि अन्तरपालिका समन्वयको महत्वलाइ पनि आत्मसात गर्दै स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारका योजनालाइ एकिकृत गरी समन्वयात्मक ढंगले अघि बढ्न पनि सहभागि जनप्रतिनिधिहरुको प्रतिवद्धता थियो ।

त्यसमा मुख्य समन्वयकारी भुमिका निर्वाहकालागी जिल्ला समन्वय समितिले आवस्यक पहल गर्नुपर्ने पनि उनीहरुको अभिव्यक्ति थियो ।

जिल्ला समन्वय समिती दाङको आयोजनामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा कार्यक्रम गरिएको छ ।

समिक्षा कार्यक्रममा जिल्लामा रहेका स्थानीयतहहरु, प्रदेश स्तरीय कार्यालय तथा संघिय कार्यालयहरुले एक वर्षमा कार्यालय मार्फत वजेट खर्च भएका उपल्वधी तथा समस्याका वारेमा जानकारी गराएका हुन ।

कार्यक्रमको उद्घाटन गदै लुम्विनी प्रदेश सभा सदस्य प्रचण्ड बिक्रम न्यौपानेले भएको बजेट कार्यान्वयन गर्न तर्फ लाग्नु पर्ने बताए । भएको वजेट समेत खर्च हुन नसक्नु दुखद् विषय रहेको उनको भनाइ रहेको छ ।

‘पुँजी गत वजेट खर्च हुन नसक्नु दुर्भाग्यको कुरा हो’ उनले भने । किन वजेट खर्च हुन सकेन भनेर समिक्षा गरेर अगाडि वढनु पर्ने समेत बताए ।

‘नागरिकहरु योजना माग गरि रहनु भएको छ तर भएको वजेट पनि खर्च हुन सकेको छैन’ उनले भने । बजेट कार्यान्वयन गर्नका लागि सबै मिलेर अगाडि वढनु पर्ने बताए ।

लुम्विनी प्रदेश सभा सदस्यहरु रेखाकुमारी शर्मा, सीता चौधरी र लोकाकुमारी विश्वकर्माले जिल्लाको विकासका लागि सहकार्य गरेर अगाडि वढनु पर्ने बताएका थिए

। यसका लागि आफुहरु आफनो क्षेत्र वाट पहल गर्ने समेत बताएका थिए । उनीहरुले भौतिक विकास मात्र नभइ आर्थिक विकास तथा समाजिक विकासमा लाग्नु पर्ने उनीहरुको भनाइ रहेको थियो ।

सो अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सवै तहका कार्यालयहरुले गर्ने विकाश निर्माणमा ढिलासुस्ती तथा अनियमितता भएका वेला त्यसको अपजस स्थानिय सरकारले व्यहोर्न बाध्य भएको बताए ।

उनले यसमा सवै तहका सरकारहरुले विकाश निर्माणका काममा सहकार्य र समन्वय गर्नुपर्ने पनि बताए । घोराही उप महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले दाङ वनाउने अभियानमा एकता वद्धभएर अगाडि वढनु पर्ने बताए ।

आर्थिक विकास तथा हवाइ यातायात वाट दाङ पछि परेको भन्दै यस तर्फ सबै मिलेर अगाडि वढनु पर्ने उनले बताए ।

राप्ती गाउपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय तहहरुमा धेरै समस्या रहेको बताए । समस्याको समाधानका लागि एक्तावद्ध भएर लाग्नु पर्ने बताए । स्थानीय तहहरुमा नदी जन्य पदार्थमा धेरै समस्या रहेको भन्दै कार्य विधि संशोधन गरेर यसको अधिकार स्थानीयतहलाइ दिनु पर्ने उनले बताएका थिए ।

प्रदेश सरकारले आवस्यक ऐन र कार्यविधि निर्माण नगरीदिदा नदिजन्य पदार्थको उत्खनन् र उपभोग निकै चुनौतिपुर्ण विषय बनेको पनि उनको अभिव्यक्ति थियो ।

राजपुर गाउपालिकाका उपाध्यक्ष धनपती यादवले स्थानीयतह नागरिकको नजिकको सरकार भएकाले धेरै अपेक्षा रहेको बताइन् । नागरिकको अपेक्षा पुरा गर्न आफुहरु लागि परेको समेत उनले बताइन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले जिल्लाको विकासका लागि औद्यागिक क्षेत्र, पर्यटन तथा कषि क्षेत्रलाइ अगाडि वढाउनु पर्ने बताए । निजी क्षेत्रले थालेको औद्योगिक क्षेत्र निर्माणको कार्यमा अन्य निकायले सहयोग गर्न नसकेको उनले बताए । जसले गर्दा हाल सम्म औद्योगिक क्षेत्र घोषणा भएपनि कार्यान्वयन हुन नसकेको उनले बताए ।

कार्यक्रम जिल्ला समन्वय समितीका प्रमुख नित्यान्द शर्माको अध्यक्षतामा भएको थियो । उप प्रमुख चेतना चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला समन्वय समितीका गेशेन्द्र पाण्डेले गरेका थिए ।

कार्यक्रममा जिल्लाका दशवटै पालिकाका प्रमुख प्रशाशकिय अधिकृतहरुले अआफ्नो पालिकाको बार्षिक प्रगति समिक्षा प्रस्तुत गरेका थिए ।

त्यसैगरी संघ र प्रदेश माताहतका सरकारी कार्यालयहरुले पनि आर्थिक बर्ष २०७९÷२०८० मा भए गरेका कामहरु संगै चुनौति र भावि योजनाका विषयमा प्रस्तुत गरेका थिए ।

सो अवसरमा जिल्लाका पालिकाका प्रमुखहरु तथा उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, अनुसन्धान कार्यालय प्रमुख, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

समिक्षा कार्यक्रममा प्राप्त प्रतिवेदनलाइ विषयगत मन्त्रालयहरुमा पठाइने बताइएको छ ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *