२०८२ माघ ४ गते आइतवार

रुकुम पश्चिममा ७ नाल भरुवा बन्दुक फेला

रुकुम ,साउन १६ । रुकुम पश्चिममा ७ नाल भरुवा बन्दुक फेला परेका छन् ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ ग्यामखोलाको ओढारमा भरुवा बन्दुक फेला परेका हुन ।

ओढारमा लुकाइछिपाई बन्दुक राखिएको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा बेवारिसे अवस्थामा ओढारमा ७ नाल भरुवा बन्दुक फेला परि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बन्दुकहरू कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । यसअघि पनि जिल्लाका विभिन्न जङ्गल तथा ओडारहरूमा बेवारिसे भरुवा बन्दुकहरू फेला पर्दै आएका छन् ।

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *