२०८२ पुष ३० गते बुधवार

नयाँ पाइला पुर्नस्थापना केन्द्रद्धारा क्यान्सर पीडितलाई सहयोग

तुलसीपुर साउन १६ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ की नन्दकला बुढालाई आर्थिक सहयोग गरिएको छ ।

क्यान्सर रोगका कारण उपचारत बुढालाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले सहयोग गरेको हो ।

केन्द्रका प्रमुख सुरेश भुसालले बुढाका श्रीमान एग्ये बुढालाई दश हजार सहयोग रकम हस्तान्तरण गरेका हुन ।

बुढाले सामाजिक रुपमा सक्रियता जनाउँदै आएको संस्थाले मानवीय सेवाअन्तर्गत उपचारमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।

त्यस्तै संस्थाका प्रमुख सुरेश भुसालले संस्थाले समाजमा लागु पदार्थ दुव्र्यशनीको उपचारका साथै सामाजिकरुपमा विभिन्न कार्यक्रमा सक्रियता हुँदै आएको बताए ।

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *