२०८२ पुष ३० गते बुधवार

तुलसीपुरमा फोहरबाट मल उत्पादन गर्ने सपना कहिले होला साकार ?

तुलसीपुर, साउन १६ । तुलसीपुर उपमहानगरपालिकाले गल्ने फोहरबाट कम्पोष्ट मल उत्पादन सुरु गरेको नौ महिना बिति सकेको छ । कुहिने फोहोरबाट मल उत्पादन हुन थालेपछि बजारको फोहर ब्यबस्थान गर्न सहज हुन थालेको सरोकारवालाहरु बताउँछन् ।

तुलसीपुरका सडकमा रोपिएका बोट विरुवा र तुलसीपुर उपहानगरपालिकाको प्रांगणमा राखिएका फूल तथा बोट विरुवामा आँफैले उत्पादन गर्दै आएको मल उपममहानगरले प्रयोग गर्दै आएको छ ।

तुलसीपुर सरसफाइ तथा फोहर ब्यबस्थापन शाखा प्रमुख माधव पौडेलले यो अबधिमा करिब १२ क्वीन्टल भन्दा बढी मल उप्तादन गरि सकेको जानकारी दिए । तर, त्यो मल किसानलाई बिक्रि भने गरिएको छैन । उत्पादित मल सोचे जति गुणस्तरको नभएको हुँदा बिक्री नगरिएको उनले बताए । परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट आएपछि मात्रै बिक्रि गर्न सहज हुने उनको धारणा थियो ।

उनका अनुसार तुलसीपुर बजारबाट दैनिक २५ टन फोहोर संकलन हुने गर्छ । जस मध्ये १७ टन नगल्ने र आठ टन गल्ने फोहोर उत्पादन हुने गर्छ । सोही गल्ने मल कम्पोष्ट मल बनाउँदै आइएको उनले जानकारी दिए ।

कम्पोष्ट मल उत्पादन गर्ने मेसिनका अपरेटर ताराप्रशाद परियारका अनुसार गत मंसिरदेखि फोहोरबाट मल उत्पादन सुरु भएको हो । सुरुमा दैनिक ४० किलो मल उत्पादन भइरहेपनि मेसिन बिग्रिएका कारण हाल आधा मात्रै उत्पादन भइ रहेको उनले बताए ।

पछिल्लो समय बजारबाट गल्ने मल प्रयाप्त मात्रामा प्राप्त नहुँदा आसपासका सामुदायिक वनबाट सालका पातहरु ल्याइ राख्न थालेपछि मेसिनमा समस्या उत्पन्न भएको परियारले बताए । मेसिनमा देखिएको समस्या सधान गर्न र स्तरिय मल उत्पादन गर्ने बारे मेयर टीकाराम खड्कालाई पनि आग्रह गरिएको र भारतवाट प्राबिधिक झिकाउने तयारी भइरहेको सरोकारवालाहरुले बताएका छन् ।

तुलसीपुरले फोहरलाई मोहरमा बदल्ने सकारात्मक प्रयास गरिरहेपनि सोचे अनुरुप सफलता भने प्राप्त गर्न सकिरहेको छैन । गल्ते फोहरबाट कम्पोष्ट मल उत्पादन भइ बिक्रि गर्न भने सकिरहेको छैन । यदी उपमहानगरपालिका आफ्नो उदेश्यमा सफल भएमा उस्लाई फोहर व्यवस्थापन गर्न सहज मात्रै हुने छैन फोहर बाट मोहरसमेत आर्जन गर्न सहज हुने छ ।

हाल उपमहानगरपालिकाले तुलसीपुर–६ स्थित स्याउली बजार क्षेत्रमा एउटा घर बनाइ त्यसैमा मेसिन राखेर कम्पोष्ट मल उत्पादन गर्दै आइरहेको छ । उपमहानगरपालिकाले सोही स्याउली बजार र तुलसीपुर १२ को सीमानामा पर्ने महेन्द्र स्कूलको पश्चिम र टरिगाउँ एयपोर्टको पूर्व तर्फको चिरोमा अस्थायी डम्पिङ साइडमा बजारको नगल्ने फोहोर फाल्दै आएको छ ।

कतिपयले चिरोमा त्यसरी नगल्ने फोर फालेर बालुवा गिट्टीले भाट्ने गरिएपनि त्यो भविश्यका लागि घातक हुन सक्ने भन्दै चिन्ता जाहेर गर्ने गरेका छन् । यसअघि पनि तुलसीपुरले पातुखोलाको बगरमा फोहर गाडेर माथिवाट पुर्ने गरेको थियो ।
हालसम्म तुलसीपुरको आफ्नै स्थायी डम्पिङ साइड छैन ।


तुलसीपुर – १३ फूलबारीमा केही बर्ष पहिले फोहर ब्यबस्थापनका लागि नगरले जग्गा किने पनि अदालतसम्म मुद्दा पुगेका कारण त्यसको उपयोग गर्न पाएको छैन । कुनै उपाय नचलेपछि मेयर टीकाराम खड्काले आफ्नै वडा तुलसीपुर – १९ मा चार विगाहा क्षेत्रफलमा स्थायी रुपमा डम्पिङ साइड बनाउने गरि प्रयासहरु भइरहेको एक औपचारिक कार्यक्रममा अबगत गराएका थिए ।

उपमहानगरले निजी क्षेत्रको साझेदारीमा फोहरको दिर्घकालिन ब्यबस्थापन गर्न सकिन्छ कि भनेर त्यो बिकल्पपनि खुल्ला राखेको छ । तर, नगरले प्रस्ताव गरे अनुरुप झन्डै दश महिना बिति सक्दापनि अहिले सम्म निजी क्षेत्रबाट कसैले पनि चासो देखाएको पाइएको छैन ।

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *