२०८१ भाद्र २६ गते बुधवार

गोल्डमेडलिष्ट खेल सेलिब्रेटीहरु…

गोल्डमेडल विजेता जोडि प्रताप र शिला

खेमराज रिजाल,
दाङ, बैशाख ९। आइतवार विहान वेलझुण्डि रंगशालामा एथ्लेटिक्स प्रतियोगिताका विजेतालाइ पुरस्कृत गरीरहंदा एउटा जोडि भेटियो । दुवै शशस्त्र प्रहरीको विभागिय टिमबाट प्रतिस्पर्धामा आएका खेलाडीहरु । श्रीमानले एउटा गोल्डमेडल थाप्दा श्रीमतीले दुइ वटा गोल्डमेडल र अर्को एउटा रजत पदक पुरस्कार थापिन् ।

यस अघिकै राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा प्रेम विवाहमा बांधिएका नवलपरासीका नीर प्रताप महतो र बांकेकि शिला चौधरी एकसाथ पुरस्कार पाएपछि निकै खुसी देखिए । दुवैले एकसाथ भने, ‘हाम्रो पेसा र खेल यात्रा अनन्त सम्म रहने छ ।’ शशस्त्र प्रहरीकै विभागिय टिम अन्तर्गत शिलाले महिला हाइजम्प र ट्रिपलजम्पमा गरी दुइ वटा गोल्डमेडल हत्याइन् । अनि लंगजम्पमा पनि दोस्रो स्थान । उनलाइ बधाइ दिन सबैभन्दा पहिले पुगेका थिए उनकै जिवनसाथी नीर प्रताप महतो । महतोले पनि २ सय मीटर दौडमा गोल्ड मेडल थापिसकेका थिए ।

यी दुइ खेलका सेलीव्रेटीले पुरस्कार थाप्दै एकअर्कासंग बधाइ साटे । चम्किलो अनुहारमा सन्चारकर्मिसामु कुरा गर्दै उनीहरुले भनेका छन्, एउटा राम्रो गेम खेलेर राष्ट्रलाइ चिनाउने इच्छा छ । दुवै जना एकै अड्डामा जागीरे रहंदा खेलकै क्रममा आत्मियता गासियो । ‘उनलाइ ट्रिपलजम्प सिकाउंदै थिएं, त्यहि वेला प्रपोज गरें, अनि हाम्रो प्रेम विवाहमा परीणत भयो’, मेडल सहितको मुस्कानमा महतोले भने । संगै रहेकि श्रीमती शिलाले पनि भनिन्, ‘उहांको प्रपोजलाइ सहजै स्वीकारें, अनि विहे बन्धनमा बाधियौं ।’

यी कल्कलाउंदा जोडिको सन्तान भने जन्मिएको छैन । यो सन्दर्भमा दुवैले एकसाथ भने, अर्को एउटा राम्रो गेम खेलेर राम्रो सफलता हातपारेपछि बच्चा जन्माउने । उनीहरुकै सव्दमा बच्चा जन्माउने सन्दर्भमा उनीहरुलाइ पारीवारीक दवाव पनि आएको छैन । ‘खेलाडी हौं, भन्ने परीवारका सवै सदस्यले बुझ्नु भएको छ, त्यसैले होला उहांहरुले हाम्रो खेलमा अझै सुनौलो भविस्य देख्न चाहनुभएको छ’—ती सेलीब्रेटी जोडिको सामुहिक जवाफ थियो । राजधानीको एउटा शशस्त्र प्रहरीको अड्डामा संगै काम गर्ने उनीहरुले राजधानीमै एउटा डेरा लिएका छन् । दुवैको कमाइबाट खर्च कटाएर त्यस्तै १५ हजार जति मासिक बचत हुन्छ रे । त्यो बचत घरमा पठाउने रहेछन् ।

‘प्राक्टिस मेक्स मेन पर्फेक्ट, त्यसैले दिनदिनै हामीले खेलको प्राक्टिस गछौं, सायद एसियन गेममा खेलेपछि हामीले बच्चा जन्माउने छौं’, दुइ गोल्डमेडल प्राप्त गरेकि शिलाले भनिन् ।

आइतवारै एथलेटिक्स विजेतालाइ पुरस्कृत गरीने क्रममा एएटा अर्को पारीवारीक जोडि भेटियो । दुवैका घाटिमा एक एक वटा गोल्ड मेडल । उनीहरुपनि शशस्त्र प्रहरीकै विभागिय टिमका । सहोदर दुइभाइ । धनगढिका हुन् उनीहरु । दाजु गोपि चन्द्र पार्किले ५ हजार र १० हजार मिटर दौडमा गोल्डमेडल हत्याए । भाइ शिवराज पार्किले रिले दौडमा गोल्ड मेडल । चम्किलो अनुहारमा प्रस्तुत ती आत्मिय जोडिको खेल यात्रा पनि रोकिने छैन ।

अनुशासित मुद्रामा प्रस्तुत दुइभाइले आफ्नो खेलक्षेत्रमा सानै देखि रुचि रहेको बताए । जव दाजुले यस अघिको खेलमा पनि पदक पाएका थिए, भाइ पनि त्यसैमा आकर्शित हुन थाले । अन्ततः यी दुइभाइको जोडि पनि एथ्लेटिक्स खेलमै जम्यो । भाइको विवाह भएको भर्खरै ४ महिना वितेको रहेछ, दाजुको भने विहेवारी भएको छैन ।

गोल्डमेडल विजेता दाजुभाइ गोपिचन्द्र र शिवराज

‘विहेवारी सन २०२०को ओलम्मिक पछि’, गोल्ड मेडालिष्ट दाजु शिवराज पार्किको सटकट अभिव्यक्ति थियो । विहेले खेलमा धक्का लाग्न सक्छ भनेर अवको एउटा खेललाइ विहे नगर्दै खेल्ने उनको धोको छ । उनीहरुपनि खेल अभ्यासका सहयात्रीहरु ह्ुन् । खेलमा एक अर्कालाइ प्रशिक्षकको भुमिका निर्वाह गरीदिन्छन् । शिवराज भन्छन्,—‘दाजुको खेल चाहना र सफलताले मलाइ पनि खेलमा डो¥यायो’, सैगै अभ्यास गछौं, यस पालित संयोगले एकै ठाउंमा एथ्लेटिक्स खेल्ने मौका पनि मिल्यो । दुवैले एकै दिन विजय पाउंदा उनीहरुको पनि खुसीको सिमै छैन ।

विभागिय टिमकै बर्चश्व आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाल पुलिसको महिला फुटवल टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दाङको घोराहीमा भएका चार प्रतियोगितामा जित निकाल्दै महिला फुटवल टिम सेमिफाइनल प्रवेश गरेको हो ।

यसैविच घोराहीको भरतपुर खेलकुद मैदानमा आइतवार विहान भएको खेलमा प्रदेश नं. २ लाई सून्यका विरुद्ध ६ गोल गर्दै नेपाल पुलिस क्वलको महिला फुटवल टिमले जारी आठौँ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा चौथो जित निकालेको हो ।

पुलिसको जितका लागि खेलडीहरु जर्सी नं. १४ कि खेलाडी निरु थापा र जर्सी नं. १९ कि रञ्जीता गुरुङले २–२ गोल गरेका थिए । त्यस्तै जर्सी नं. ७ कि खेलाडी निर्मला विक र जर्सी नं. ८ कि खेलाडी सिर्जना खड्काले समान १–१ गोल गर्दै पुलिसलाई जिताएका हुन ।

प्रतियोगिताका लिग अन्तर्गतका चार खेल खेलेको पुलिसको महिला फुटवल टिमले चार खेलमा जित निकालेको हो । नेपाल पुलिसको महिला फुटवल टिमले प्रदेश नं. २ , प्रदेश नं. ३, प्रदेश नं. ५ र सुदुरपश्चिम प्रदेशका महिला खेलाडीलाई जित्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

आज म्याराथन
यसैबीच आज एथ्लेटिक्स प्रतियोगिताको सवैभन्दा रोचक म्याराथन प्रतियोगिता विहान ६ बजे बेलझुण्डि रंगशालाबाट सुरु हुने आयोजक राष्ट्रिय खेलकुद परीषदले जनाएको छ । रंगशालाबाट सुरु भएको म्याराथनको रुट तुलसीपुर हुंदै पश्चिम दाङको मिरौली सम्म पुग्नेछ । त्यसपछि फेरी बेलझुण्डि आइपुगेपछि करीव ४२ किलोमिटरको म्याराथन दौड समाप्त हुने बताइएको छ । त्यसकालागी विहान ६ बजेदेखि यातायात सेवा ठप्प रहनेछन । प्रतियोगिताकालागी विभिन्न ५ किमिमा सुरक्षा टिम तैनाथको तयारी भएको छ । साथै दौडमा सहभागि हुने टोलिसंगै एउटा श्वास्थ्यकर्मिसहितको टोलि पनि रहने छ ।

 

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *