तुलसीपुर,साउन १५ । समाज सेवाको क्षेत्रमा अव्बल संस्थाका रुपमा रहेको लायन्स क्लब इन्टरनेशनले ३२५ एनको पहिलो क्याबिनेट बैठक दाङमा हुने भएको छ ।
नेपालमा रहेका १५ वटा डिष्ट्रिक मध्ये सबैभन्दा ठूलो डिष्ट्रिकका रुपमा रहेको एनले पहिलो क्याबिनेट दाङमा गर्न थालेपछि तयारी तिव्र पारिएको लायन्स क्लब इनटरनेशनल ३२५ एन अन्तरर्गत एरिया २ का संयोजक डिष्ट्रिक एजुकेटिभ चिफ लव अधिकारीले जानकारी दिए ।
दाङ जिल्लाको पर्यटन प्रवर्द्धन समेत गराउने उद्देश्यले क्याबिनेट बैठक दाङमा राखिएको हो । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १० मा स्थित दाङ फन भ्यालीमा हुन लागेका क्याविनेट बैठकमा करिव एक हजार जनाको सहभागिता रहने गरिने आयोजक मूल समितिका संयोजक समेत रहेका अधिकारीले बताए ।
क्याबिनेट बैठक लायन्स क्लब इन्टरनेशनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा हुने छ ।
साथै वर्ष २०२३ को पहिलो क्याबिनेट बैठकलाई सफल पार्न विभिन्न उपसमितिहरु गठन समेत गरिएको संयोजक अधिकारीले बताए ।