२०८० चैत्र १५ गते बिहिवार

आठौँ राष्ट्रिय खेलकुद : पुलिसको अविराम विजयी यात्रा जारी


लिलाधर वली,
दाङ, बैशाख ८ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाल पुलिसको महिला फुटवल टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दाङको घोराहीमा भएका चार प्रतियोगितामा जित निकाल्दै महिला फुटवल टिम सेमिफाइनल प्रवेश गरेको हो ।

यसैविच घोराहीको भरतपुर खेलकुद मैदानमा आइतवार विहान भएको खेलमा प्रदेश नं. २ लाई सून्यका विरुद्ध ६ गोल गर्दै नेपाल पुलिस क्वलको महिला फुटवल टिमले जारी आठौँ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा चौथो जित निकालेको हो ।

पुलिसको जितका लागि खेलडीहरु जर्सी नं. १४ कि खेलाडी निरु थापा र जर्सी नं. १९ कि रञ्जीता गुरुङले २–२ गोल गरेका थिए । त्यस्तै जर्सी नं. ७ कि खेलाडी निर्मला विक र जर्सी नं. ८ कि खेलाडी सिर्जना खड्काले समान १–१ गोल गर्दै पुलिसलाई जिताएका हुन ।

प्रतियोगिताका लिग अन्तर्गतका चार खेल खेलेको पुलिसको महिला फुटवल टिमले चार खेलमा जित निकालेको हो । नेपाल पुलिसको महिला फुटवल टिमले प्रदेश नं. २ , प्रदेश नं. ३, प्रदेश नं. ५ र सुदुरपश्चिम प्रदेशका महिला खेलाडीलाई जित्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रकाशित मिति : २०७६ बैशाख ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *