दाङ, साउन १४ । रुकुम पश्चिममा घाँस काट्न गएका दुई जनाको पहिरोमा परि मृत्यु भएको छ । एक जना घाइते छन् ।
जिल्लाको बाफिकोट गाउँपालिका – ७ की ४५ बर्षीया धनमाया खत्री र ४४ बर्षीय कालीबहादुर खड्काको मृत्यु भएको छ ।
घाँस काट्न गएका खत्री र खड्काको पहिरोका कारण घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सोही ठाउँकी ४२ बर्षीया बलकुमारी खत्री घाइते भएकी छन । उनको उपचार जारी छ । दिउँसो ४ बजेतिर बास्थलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका उनीहरुलाई पहिरोले च्यापेको थियो ।
प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार