२०८२ माघ ८ गते बिहिवार

खाडलमा जमेको पानीमा डुबेका बालकको अवस्था गम्भीर


तुलसीपुर,साउन १४ । दंगीशरणमा मल बनाउन खनिएको खाडलमा जमेको पानीमा एक बालक डुबेका छन ।


दंगीशरण गाउँपालिका वडा न. ३ बिजुलीपुर निवासी हिरामणि चौधरीका २ वर्षीय छोरा मेरजङ चौधरी आइतबार दिउँसो २ बजेको समयमा उक्त खाडलमा डुबेको अवस्थामा फेला परेका हुन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी पुस्पराज मल्लका अनुसार डुबेर गम्भीर अवस्थामा फेला परेका मेरजङको राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा आइसियुमा राखेर उपचार भैरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *