२०८२ माघ ४ गते आइतवार

बिजौरीमा व्यवसायीसगं अन्तरक्रिया

तुलसीपुर,साउन १४ । बिजौरी उद्योग वाणिज्य सघंले उद्योगी व्यवसायीसगं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सघंले आइतवार एक कार्यक्रमको आयोजना गरि उद्योगी व्यवसायीहरुसगं राय सल्लाह सुझाव लिएको छ ।

सघंका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का अध्यक्ष प्रेमनाथ योगीले सघंले यहाँका उद्योगी व्यापारीहरुको हकहित,बजार सरसफाई,पार्किङ व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

पछिल्लो समय बिजौरी क्षेत्रमा अपराधिक गतिविधि बढीरहेको भन्दै त्यसलाई रोक्न उद्योगी व्यापारीहरुले सचेत बन्नुपर्ने बताए ।

साथै उनले बिजौरी उद्योग वाणिज्य सघंका हरेक कार्यलाई अघि बढाउन वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा बिजौरी उद्योग वाणिज्य सघंका पुर्व अध्यक्ष कमानसिंह खड्का,मुकेश वलि,वडा नं. १९ का सदस्य रामबहादुर पौडेल,नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सभापति बालकृष्ण रेग्मी,बिजौरी उद्योग वाणिज्य सघंका निर्वतमान महासचिव बिदुर गौतम लगाएतले यस क्षेत्रको शान्ति सुरक्षालाई कायम राख्न प्रहरी चौकी हेमन्तपुरको स्त्तरोउन्नतीका लागि पहल गर्नुपर्ने बताए ।

उनीहरुले बजारभित्र सोलारबत्ती,सिसिक्यामेरा जडान, सरसफाई र उद्योगी व्यवसायीहरुको हकहितका लागि कटिबद्ध भएर लाग्नुपर्ने बताए ।

सघंका वाणिज्य उपाध्यक्ष डिल्लीबहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सदस्य ज्ञानेन्द्र विष्टले धन्यावाद ज्ञापन गरेका थिए भने सहजीकरण सघंका महासचिव दीपक कुमार बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *